पथरी: अज्ञात समुहले गरेको आगजनीबाट पथरीमा पनि एनसेलको टावरमा क्षति भएको छ ।

पथरीशनिश्चरे ६ को मंगलबारेस्थित बिरेन्द्र चौकमा रहेको टावरमा राती आगो लगाइएको पथरी प्रहरीले जनाएको छ । आगलगीबाट टावर सञ्नलका लागि प्रयोग गरिएको जेनेरेटरमा पुर्ण क्षति भएको प्रहरीको भनाई छ । आगो लगाएकोबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।