धरानः विद्यालयस्तरबाटै फुटबल खेलको विकास गर्ने उद्देश्यले गत साउन ६ गतेदेखी धरानमा जारी समर फुटबल टे«निङ क्याम्पको विहीबार सम्पन्न भएको छ ।

धरान फुटबल फ्यान क्लवद्वारा आयोजित दोस्रो संस्करणको १० दिने फुटबल टे«निङ क्याम्पको बिहिबार औपचारिकरुपमा समापन भएको हो । धरान १६ स्थित प्रस्तावित प्रादेशिक रंगशालामा ट्रेनिङ क्याम्प आयोजना भएको थियो । क्याम्पमा धरानका निजी तथा सामुदायिक विद्यालयका १ सय जना सहभागी रहेको क्लवका महासचिब रामकृष्ण खड्काले जानकारी दिए । उनका अनुसार १ देखी १० कक्षासम्मका विद्यार्थीहरुले सहभागीता जनाएका थिए । क्लवले गत वर्षदेखी विद्यार्थीहरुलाई फुटबलको सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिदै आएको छ ।

समापन अवसरमा टे«निङमा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । ट्रेनिङ अवधिभर उत्कृष्ठ प्रशिक्षार्थी रुपमा तीन जनाई घोषित गदै पुरस्कृत समेत गरियो । सिनियरतर्फ नामहाङ लिम्बु र तुसार लिम्बु उत्कृष्ट घोषित भए भने जुनियरतर्फ निशाम मोक्तान पुरस्कृत भए । उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एबंम प्रबक्ता किरण राईलगातले प्रमाण पत्र एवं पुरस्कार वितरण गरेका थिए ।

IMG_0171

ट्रेनिङमा सहभागी धरानको विजयपुर स्कुल कक्षा १० मा अध्ययनरत प्रनायुजंग थापाले टे«निङ क्याम्प धेरै महत्वपूर्ण भएको बताए । ‘खेलमा धेरै हुन्छ स्किलहरु हुन्छन् जस्तो आ–आफ्नो पोजिसन लिएर कसरी बल पास हान्ने, गोल गर्ने धेरै स्किलहरु सिक्यौं,’उनले भने,‘सैद्धान्तिक र व्यावहारिक ज्ञान पायौं, यसले हाम्रो खेलको स्तरमा एउटा इँटा थप्ने काम भयो ।’ अर्का सहभागी होलिगार्डेन स्कुलका कक्षा ४ मा अध्ययनरत अस्बिन श्रेष्ठले टे«निङले बल पास हान्ने र ड्रिब्लिङ, टिमवर्कको ज्ञान पाएको बताए ।

खेलकुदसँगै पढाई: एन्फाका प्रवक्ता राई

एन्फाका प्रवक्ता किरण राईले पढाइसंगै खेलकुद पनि अपरिहार्य भएको बताएका छन् । उनले पढाइसंगै खेलकुदमा आबद्ध गराउदा बालबालिकाहरुमा मानसिक र शारिरीक रुपमा फाइदा हुने बताए ।

समर फुटबल क्याम्पको समापन समारोहमा बोल्दै उनले फुटबल खेलाडी बन्ने चाहनामा पढाई नबिगार्न पनि विद्यार्थीहरुलाई सचेत गराए । ‘फुटबलको नाममा पढाइ नबिगार्नुस् पढाइसँग तपाईको डिभोर्स नहोस् म भन्न चाहन्छु,’उनले भने,‘फुटबलसंगै पढाइलाई निरन्तर लानुस्, फुटबल अहिले ग्लोवलाइज भइसक्यो, फुटबलको राम्रो ज्ञान तपाइसँग छ भने अफिसियल पनि बन्न सक्नुहुन्छ ।’ फुटबलमा अन्तराष्ट्रिय मार्केट भएको कारण फुटबलमा राम्रो ज्ञान भए अन्तरािष्ट्रय स्तरसम्म पुग्न सकिने हुँदा पढाइलाई निरन्तरता दिन आग्रह गरे ।

kiran-Rai

 

उनले एन्फाले अहिले ग्रास रुट कार्यक्रम सञ्चालन गरिरहेको बताउदै उनले ग्रास रुट कार्यक्रमसंग स्थानीय क्लवहरुलाई कसरी जोड्न सकिन्छ भनेर छलफल चलिरहेको समेत बताए । उनले फुटबललाई व्यावसायिक बनाउने एन्फाको मुख्य उद्देश्य रहेको र त्यो अनुसार कार्यक्रम अगाडी बढाउने समेत बताए । एन्फाले स्थानीय स्तरको क्लवहरुसंग हातेमालो गदै स्थानीय स्तरबाट फुटबलको स्तर माथी उकास्ने बताए । ‘एन्फाले स्थानीय क्लवहरुसंग सहकार्य गरेर ग्रासरुटबाटै नेपाली फुटबलको विकास गर्न चाहेका छ,’उनले भने,‘हामी स्थानीय क्लवसंग छलफल गरेर संगै अगाडी बढ्न चाहान्छौं ।’

उनले एन्फाको नीति नै फुटबलमा निषेध हुन नहुने भन्दै हिजोको जस्तो फुटबलमा निषेधको वाताबरण सिर्जना नहुने स्पष्ट पादै कही कतै त्यस्तो पाइए एन्फाले एक्सन लिने समेत चेतावनी दिए । एन्फा नेपाली फुटबलमा आउने नकारात्मक गतिविधिलाई नियमन गर्ने निकाय भएकोले ढुक्कसँगले फुटबल खेलको विकासमा लाग्न सबैलाई आग्रह गरे । ‘फुटबल कसैको पेवा हैन, नेपाली फुटबलमा आउने नकारत्मक कुराहरुलाई नियमन गर्ने एन्फाले हो, तर, फुटबलको गतिविधि गर्न पाउदैनस हामीलाई यो गर्दे त्यो गर्दे भन्न कसैले पनि मिल्दैन,’उनले भने,‘यदी त्यस्तो पाइए एन्फाले एक्सन लिन्छ, त्यसैले तपाइहरुको उच्च मनोबलको लागि मैले भनिरहेको छ, तपाईहरु ढुक्क भएर लाग्नुस् ।’

IMG_0160

वीपी प्रतिष्ठानका हाडजार्ने विभागका चिकित्सक विष्णु पोख्रेलले टे«निङ क्याम्पले शारिरीक र मानसिक रुपमा ठुलो फाइदा पुग्ने बताए । उनले खेलकुदले शरीरमा व्यालेन्स आउने र वालवालिकाहरुमा टिमवर्कको विकास हुने बताए । ‘खुलकुदले वालवालिकाहरुलाई अनुशासनमा राख्छ, शारिरीक रुपमा बलियो बनाउछ,’उनले भने,‘आउट डोर खेलमा सुर्यको किरणबाट प्राप्त हुने भिटामिन डि प्राप्त हुन्छ, त्यसले शरीरको हाड, जोड्र्नी मजबुद हुने हुँदा धेरै फाइदा पुग्छ ।’ पत्रकार रोहित राईले धरानलाई फुटबलको ब्राजिल भनिएपनि त्यो अनुसारको फुटबल खेलको स्तर नउक्सिएको अनुभुति भएको बताए । उनले फुटबलको विकास गर्नको लागि यस्तो टे«निङ क्याम्पहरुलाई तिब्रता दिनुपर्ने बताए ।

IMG_0164