यमनमा एक सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

हुथी विद्रोहीले सैनिक परेडमाथि ‘मिसाइल’ र ‘ड्रोन’ आक्रमण गरेका हुन् । दक्षिणी तटीय सहर एडनमा भइरहेको सैनिक परेडलाई क्षेप्यास्त्र र एउटा सशस्त्र ड्रोनले निशाना बनाइएको विद्रोहीले चलाइरहेको टेलिभिजन च्यानलले जनाएको छ ।

y

एडन यमनको अन्तर्रा्ष्ट्रिय समर्थनप्राप्त सरकारको केन्द्र हो । यसअघि, यो सहरको एउटा प्रहरी कार्यालयमा आत्मघाती बम हमलामा १० जनाको मृत्यु भएको थियो । ती दुवै आक्रमणबीच कुनै सम्बन्ध रहेको वा नरहेको भन्नेबारे स्पस्ट नभएको अधिकारीहरुले बताएका छन् ।

हुथी विद्रोहीहरुले सहरको उत्तरतर्फ हुथीको पकड रहेको क्षेत्रमा आक्रमण गर्न सरकारले तयारीका लागि परेड गरेको दाबी गरेको छ । तर, सरकारले भने नयाँ भर्ना भएका सैनिकको तालिम सम्पन्न भएको अवसरमा कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

विद्रोहीका आक्रमणमा एकजना वरिष्ठ सैनिक कमान्डरकोसमेत मृत्यु भएको बताइएको छ । अन्तर्रा्ष्ट्रिय स्वास्थ्य संस्था ‘एमएसएफ’ले विद्रोहीको आक्रमणमा कयौं मानिस घाइते भएको जनाएको छ ।