इटहरी: केही समयअघि इटहरी–धरान सडकखण्डको चारकोसेमा भएको सवारी दुर्घटनामा मृत्युु हुने व्यक्ति धरानका रहेको खुलेको छ ।

दिउँसो करीब १ बजे चारकोसेमा भएको दुर्घटनामा धरान ८ बस्ने करिब २५ बर्षीय सन्जु गुरुङ अग्रवालको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी पोस्ट तरहराका इन्चार्ज भुवन बिकले जानकारी दिए । धरानबाट इटहरी आउदै गरेको ना २ च ६६८९ नम्बरको जीपलाई सोही दिशाबाट आउदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल जिपसँग ठक्कर खाएपछि अनियन्त्रित हुँदा बिपरीत दिशाबाट धरानतर्फ गइरहेको मे १ ख २०४५ नम्बरको बसमा ठक्कर खाएको थियो ।

बससँग ठोक्किएका मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको थियो । अहिले मृतकको शव बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा राखिएको छ भने दुवै सवारीलाई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।