धरान : धरान ६ पानवारी स्थित निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्याले मृतक सदस्यका परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ ।

लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत बिना धितोमा कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्र्तगत धरान ६ स्थित छोटिलाइनमा गठन भएको छोटिलाइन महिला स्वावलम्बी समुहकी सदस्य लक्ष्मी याखाको निधन भएपछि उनको सदस्यको हकवालाले पाउने बिमा रकम शुक्रबार एक कार्यक्रमको बिच लक्ष्मी याखाका श्रीमान निर बहादुर याखालाई हस्तान्तरण गरिएको छ ।

धरान वडा नं.६ पानवारीका वडा अध्यक्ष भुवन सिं बस्नेतले मृतकका श्रीमान निर बहादुर याखालार्ई ग्रामिण कर्जा सुरक्षणको विमा वापतको रकम रु १ लाख ६२ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरे ।

वडा अध्यक्ष बस्नेतले निर्धन संस्थाले महिलाहरुलाई समुहमा आवद्ध गरी खाली कर्जा मात्र लगानी नगरी आय आर्जनको लागि समय समयमा विभिन्न तालिम प्रदान गरी कर्जालाई सहि ठाउमा लगाई आम्दानी बढाउन सहयोग गरेको बताए ।
साथै संस्थाले सदस्यलाई कर्जा लगानी गर्दा कर्जाको आधारमा आफ्ना सदस्यहरुको साथै सदस्यका श्रीमानको पनि थोरै रकममा जिवन बिमा गर्दा सदस्य वा श्रीमानको मृत्यु भएमा परिवारलाई ऋणको बोझ नपर्ने साथै जोखीम बहन हून सहयोग मिल्ने र पिडित पक्षलाई केहि राहत हुने भएकोले यस्तो कार्यको प्रशंसा गर्दै संस्थालाई धन्यवाद दिए ।

कार्यक्रममा निर्धन उत्थान लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय पाचंकन्याका शाखा प्रमुख टिकाराम गिरीले समुहका सदस्यले कर्जा लिए बापत संस्थाको नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको बताउनुभएको शाखाका कर्मचारी चुडामणी पौडेलले जानकारी दिए ।