इटहरी: प्रगतिशील लेखक संघ नेपाल (प्रलेस) सुनसरीको आयोजनामा आज शनिवार इटहरीमा लेखक साहित्यकार एवम् टाकुरा साप्ताहिकका सल्लाहकार प्रा.डा. भीम खतिवडाको नियात्रा संग्रह ‘आस्थाको अम्मल’ माथि बिमर्श कार्यक्रम सम्पन्न भएको छ ।

प्रलेस अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि डा. रमेश घिमिरे र डा. दिवाकर रेग्मीले टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै घिमिरेले डा. खतिवडा प्रगतिबादी साहित्यकार रहेको औँल्याए । उनले भने, ‘यो पुस्तक खिर हो । तर, कताकता ढुङ्गा लागेको अनुभव हुन्छ । जटिल प्रकारका बिम्व र प्रतीकले पुस्तकलाई बुझ्नै मुस्किल वनाएको छ ।’

डा. रेग्मीले कृतिको प्रभाव, व्यापन, उदेश्य तथा काव्यिक सौन्दर्यका बारेमा टिप्पणी गरे । रेग्मीले भने, ‘यो काव्य हो । नियात्रा मात्र होइन, सुन्दर उपन्यास हो ।’ कार्यक्रममा आफ्नो विचार राख्दै लेखक खतिवडाले वक्ताहरुको सुझावलाई सकारात्मक लिदैँ आगामी दिनको लेखाईमा प्रभावकारी शैली र सरलतामा ध्यान दिने बताए ।