इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहामा केही दिन अघि बर्षासँगै आएको बाढीमा डुबेर मृत्यु भएका परिवारलाई हरिनगर गाउँपालिकाले राहत वितरण गरेको छ ।

मृतक परिवारको घरमा नै पुगेर गाउँपालिकाले राहत स्वरुप २५ हजारको चेक दिएको हो । हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहाका ११ बर्षिय तोसिब अन्सारीको परिवारलाई गाउँपालिकाले राहत दिएको हो । अन्सारी वडा नं २ मा रहेको नहरमा दिउँसो २ बजे नुहाउन गएका थिए । नहरमा पानीको सतह बढेर उनको मृत्यु भएको थियो ।

निम्न वर्गीय परिवारलाई राहत दिइएको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले बताए । हरिनगर गाउँपलिकाले विपद व्यवस्थापन समितिबाट रु २५ हजारको चेक मृतक बुवा अकबाल अन्सारी र आमालाई चेक हस्तान्तरण गरेको अन्सारीले बताए । गाउँपालिका अध्यक्ष अन्सारीले केन्द्र सरकार र प्रदेश सरकारबाट थप राहत प्राप्त भए थप रकम दिलाउने समेत बताए ।