विराटनगर: बिभिएस प्लस टु विराटनगरले कक्षा ११ का एकसय बिस जना पर्यटनका छात्रछात्रालाई सुनसरीको बर्जु तालमा एक दिने भ्रमणमा लगेको छ ।

होटल म्यानेजमेन्टसँग पर्यटन पढाई हुने प्लसटुले आन्तरिक पर्यटन प्रवद्र्धन तथा विद्यार्थीहरुलाई स्थानीय पर्यटकीय क्षेत्रको जानकारी दिनका लागि शनिवार सो स्थानमा विद्यार्थीलाई भ्रमण गराइएको प्रिन्सिपल दिपेन भट्टराईले बताए । बर्जुताल प्रदेश नंबर १ कै रमणीय पर्यटकीय स्थान रहेको र यस स्थानलाई उचित ब्यवस्थापन गर्न सके आगामी दिनमा यो ताल पूर्वकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने होटल ब्यवस्थापन तथा पर्यटन विभागका विभागीय प्रमुख तारा बस्नेतले बताइन् ।

barju-taal

बिभिएस प्लसटुले होटल ब्यवस्थापन तथा पर्यटन विषयमात्र संचालन गर्ने भएकाले पूर्वमै यस विषयको नमूना गन्तव्य बन्न सफल भएको छ । हरेक महिना विषयगत भ्रमणमा लग्ने यस विद्यालयले आगामी महिना धनकुटाको नाम्जे गाउँमा कक्षा १२ का विद्यार्थीलाई तथा कोशिी टप्पुमा कक्षा ११ का विद्यार्थीलाई भ्रमण गराउँने योजना बनाएको प्रिन्सिपल भट्टराईले बताए ।

प्राक्टिकल विषय भएकाले कक्षा कोठाको घेरा भित्रमात्र सिमित राख्न नहुने धारणा अनुसार नै विद्यार्थीहरुलाई होटल व्यवस्थापन तथा पर्यटन विषयको धेरै भन्दा धेरै प्रयोगात्मक कक्षा तथा भ्रमण राखिएको बताउँछन् स्कुलका भाइस प्रिन्सिपल केशब न्यौपाने ।