इङ्ल्यान्डका राष्ट्रिय टोलीका फुटबलर ह्यारी मगाएर क्लब फुटबलका सर्वाधिक महंगा रक्षक बनेका छन् । लेस्टर सिटीबाट खेलिरहेका मगाएरलाई म्यानचेस्टर युनाइटेडले ट्रान्सफरका लागि किर्तिमानी ८० मिलयन पाउन्ड खर्चिएको छ । मलाएरसँग युनाइटेडले ६ बर्षको अनुबन्धन सम्झौता समेत गरेको छ ।

२६ वर्षीय मलायरलाई युनाइटेडले सोमबार अबेर सार्वजनिक गरेको हो । सन् २०१७ मा हल सिटीबाट लेस्टर पुगेका मलाएरले लेस्टरमा ६९ खेल खेलेका थिए । रक्षापंक्तिमा उनको प्रदर्शन बेजोडको छ । फुटबलको अनुबन्धनमा स्ट्राईकरको दबदबा रहने क्रमलाई मलायरले तोडेका छन् ।

यसअघि सन् २०१८ मा लिभरपुलले साउथह्याम्पटनबाट भर्जिल भान डाइकलाई भित्र्याउन ७५ मिलियन पाउन्ड खर्चिएको थियो । युनाइटेडका प्रशिक्षक क्लबका ओले गुनर सोल्ससायरले विश्व फुटबलका उत्कृष्ट रक्षक मगाएरको अनुबन्धले टोलीको पर्दशन थप बलियो हुने बताए । ओलेले मैदानमा मगाएरको खेल्ने शैली र फुटबल बुझ्ने क्षमताले फरक भएको पनि बताए ।