उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ५ बाट नेपाली एक हजार दरका नक्कली नोटसहित १५ बर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक हजार दरको नेपाली नोट लिएर स्थानीय एक पसलमा किराना सामान किन्न गएको बेला १५ बर्षीय एक बालक पक्राउ परेका हुन् । बालकले पसलमा दिएको नोट शंका लागि चेक गर्दा नक्कली जस्तो देखिएपछि किराना पसल सञ्चालकले ईलाका प्रहरी कार्यालय सुन्दरपुरमा खबर गरेका थिए ।

खबर पाएपछि लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ती बालकलाई १ हजार दरका ४१ थान नक्कली नोटसहित नियन्त्रणमा लिएको हो । नक्कली नोटसहित पक्राउ परेका बालकको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

तस्बिर स्रोत: गुगल