काठमाडौं : भारतको जयनगर–जनकपुरअन्तथर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदैछ ।

चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन्दै छ । रेलको नाम के राख्ने भन्नेबारे पनि चर्चा चल्न थालेको छ ।

एउटा रेलको नाम ‘जानकी’ राख्ने कुरा भए पनि अर्को रेलको नाम के राख्ने ? सामाजिक सञ्जालमा यसको चर्चा चल्दै आएको छ । मन्त्रालय र विभागबीच पनि अनौपचारिक रुपमा यसबारे छलफल भइरहेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘रेल आएपछि राष्ट्रिय नाम नै राखिनेछ, जसले देशको पहिचान झल्काउने छ ।’

दुईवटा ट्रेन सेट आउने र दुवैको नाम अलग अलग हुनेछ । ‘के राख्ने भन्दा जनकपुरमा चल्ने भएकाले एउटाको नाम जानकी राख्दा उपयुक्त होला भन्ने हो,’ उनले भने, ‘अर्कोको नाम पशुपति सगरमाथा, बुद्ध, लुम्बिनीमध्ये कुनै एउटा राखिने छ ।’ –कान्तिपुर दैनिकबाट