धरान : धरान बास्केटवल संघको अयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा गर्मी विदालाई लक्षित गरि आयोजित तेस्रो समर बास्केटवल ट्रेनिङ्ग क्याम्प विहिवार सम्पन्न भएको छ ।

क्याम्पमा २ कक्षा देखि १२ कक्षा सम्मका एक सय १७ जना विद्यार्थीहरुले सहभागिता जनाएको थियो । साउन ४ गतेदेखि तीन हप्तासम्म सम्पन्न क्याम्पमा सहभागिहरुलाई आयोजकले प्रमाणपत्र र टिसर्ट प्रदान गरेको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मन्जु भण्डारीले प्रमाण पत्र वितरण गरेको थियो ।

समापन कार्यक्रममा समर क्याम्पमा सहभागि मध्ये वाट उत्कृष्ट उदयिमान महिला र पुरुष खेलाडिहरुलाई पुरस्कृत गरिएको छ । महिला तर्फ निसा राई र पुरुष तर्पm गगन राई उदयीमान खेलाडि घोषित भए । निसा राईलाई हिमाल कलेक्सनका तर्फ वाट एक थान स्पोर्टस जुत्ता र गगन राईलाई हाम्रो कलेक्सनको तर्फ वाट एक थान बास्केटवल प्रदान गरेको छ ।

IMG_8993

सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा संपन्न समर क्याम्पमा सहभागिहरुलाई प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, भोजराज लिम्वु, हेमन्त राई, नविन राई, डा.आशा राई, अनु राई, सृजन आचार्य, विराज लिम्वु, सुजन राई र पन्चधन राईले प्रशिक्षण दिएका थिए । क्याम्प धरान १६ रंगाशाला स्थित इन्डोर बास्केटवल कोर्ट र डिपो स्कुल बास्केटवल कोर्टमा संपन्न भएको थियो ।

नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको अध्यक्षतामा संपन्न कार्यक्रममा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, नगर खेलकुद विकास समिति अध्यक्ष सुवास राई, एम्स ऐेकेडेमिका व्यवस्थापक अध्यक्ष प्रकास राई, पुर्व राखेप सदस्य विजय राई लगायतको उपस्थिति रहेको थियो ।

IMG_8997