धरान: वनको खाली जग्गा, ऐलनी पर्ति लगायत जग्गामा बसोबास गरिरहेका भुमिहिन, सुकुम्बासीहरुलाई लालपुर्जा दिएर सुकुम्बासीमुक्त राष्ट्र घोषणाको अभियान लिएर सुकुम्बासी नेताहरुले आज राजधानीमा पुर्वप्रधानमन्त्री र वनमन्त्रीसँग भेट गरेका छन् ।

नेपाल बसोबास बस्ती संरक्षण समाजका नेताहरुले पुर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र संघीय सरकारका वनमन्त्री शक्ति बस्नेतसँग छुट्टाछुट्टै भेट गरेको हो । वनमन्त्री बस्नेतसँगको भेटमा अधिकांश भुमिहिन सुकुम्बासीहरु वनको नक्शांकनभित्र पर्ने जग्गामा बसोबास भएकोले सिमाना संशोधन गरी नयाँ कायम गर्नुपर्ने माग गरिएको समाजका महासचिव कुमार कार्कीले बताए । ‘हामीले वनको सिमाना संशोधन गरेर डिमार्केशन सार्नुपर्छ, र बसोबासको आधारमा स्थायी प्रकृतिको लालपुर्जा दिनुपर्छ भन्ने माग गर्यौं,’वनमन्त्री बस्नेतसँग छलफल भएको जानकारी दिदै कार्कीले भने,‘हाम्रो मागप्रति सकरात्मक भएको र भुमि व्यवस्था मन्त्रालयबाट प्रस्ताव आएमा मन्त्रीपरिषदबाट निर्णय गराउन भुमिका खेल्ने पनि बताउनुभयो ।’

ban-mantri

भेटमा मन्त्री बस्नेतले १० बर्षसम्म बेचबिखन गर्न नपाउने गरी पुर्जा दिने सरकारले तयारी गरीरहेको जानकारी दिएको महासचिव कार्कीले बताए । तर, सुकुम्बासी नेताहरुले भने सरकारको तयारीलाई अस्वीकार गर्ने बताएको पनि उनले बताए । ‘सरकारले विभेद गर्ने गरी पुर्जा दिए अस्वीकार गछौं भन्यौं, हामीले अस्थायी खालेको होइन । स्थायी खालको स्रेस्ता कायम भएको लालपुर्जा नै हुनुपर्छ भन्यौ,’कार्कीले भने ।

यस्तै, सुकुम्बासी नेताहरुले पुर्वप्रधानमन्त्री नेपालसँग पनि भेट गरेर भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा दिलाउन पहलको लागि आग्रह गरेका थिए । ‘तत्काल सरकारलाई निर्णय गराउन पहल होस् भनेर उहाँको ध्यानाकर्षण गरायौं,’महासचिव कार्कीले भने ।

1 2

2 1