इटहरी : ब्राउनसुगरसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले शनिबार ब्राउनसुगरसहित नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी अगाडिबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रताप सिंह रहेका छन् । भने अन्य दुईजनाको नाम खुलेको छैन । उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । लागूऔषध बिक्री गर्दै गरेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेमाथि थप अनुसन्धान भईरहेको छ ।