धरान: साहसिक खेल पर्यटनको विस्तार, विकास तथा प्रर्वद्धनको लागि नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ(नेफा)को १ नं प्रदेशस्तरीय समिति गठन भएको छ ।

शनिबार धरानमा भएको प्रदेशस्तरीय भेलाले भुपेन्द्र चाम्लिङ(भुपाल)को अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय प्रदेश समिति गठन गरेको हो । संघको केन्द्रीय महासचिव शैलेन्द्र रावत र पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कोषाध्यक्ष गणेश बुढाथोकीको रोहबरमा भेला भएको थियो । होटल हङकङमा भएको भेलाले समितिको उपाध्यक्षमा अनिल राजधामी, सचिवमा राम राई र कोषाध्यक्षमा पुनम खड्का चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा मिलन राई, मिलन तामाङ, प्रकाश खड्का, सागर गुरुङ, सविता राई, राजेश लिम्बू, चुमन सुनुवार, विपिन मगर, सुसन राई, सालिकराम खड्का र सतिस मल्लिक चयन भएका छन् । समितिमा २ जना सदस्य क्षेत्रीय खेलकुद विकास समितिबाट पछि मनोनित हुने संघले जनाएको छ । भेलाले सल्लाहकारहरुमा लेखमणी जिमी, अइन्द्रबिक्रम बेघा, किरण राई, किसोर राई र गणेश बुढाथोकीलाई चयन गरेको छ । कार्यसमितिलाई संघका महासचिव रावत र क्षेत्रीय खेलकुद विकास समितिका कोषाध्यक्ष बुढाथोकीले बधाई तथा शुभकामना दिएका थिए ।

nepha1

महासचिव रावतले प्रदेश समितिले सरकारबाट स्वीकृत भएको हवाई रंगशालाको रेखदेख तथा संरक्षणको जिम्मेवारी भएको बताए । ‘अब यो हवाई रंगशलााको रेखदेख, संरक्षण गर्ने जिम्मा प्रदेश समितिकै हो,’उनले भने । क्षेत्रीय खेलकुद विकास समितिका कोषाध्यक्ष गणेश बुढाथोकीले १ नं प्रदेशमा साहसिक खेलकुदको प्रशस्तै सम्भावना भएकोले प्रदेश समिति गठन भएपछि धेरे काम हुने अपेक्षा व्यक्त गरे । उनले प्रदेशभरिको जिल्ला, स्थानीय तहसम्म चलायनमा बनाउन आग्रह गरे ।

भेलामा संविधानसभा सदस्य किरण राईले पर्यटन विकासको लागि आफ्नो पुर्ण सहयोग हुने बताए । नेकपा प्रदेश कमिटिका सदस्य अइन्द्रबिक्रम बेघाले राजनैतिक, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पर्यटनको विकासकये लागि प्रतिवद्ध रहन आग्रह गरे । एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमीले संघ गठन नहुदा संस्थागतरुपमा गति लिन नसकेको उल्लेख गर्दै अब प्रदेश समिति गठन भएपछि साहसिक खेल पर्यटनले गति लिने अपेक्षा राखे ।