झापा : झापाको बिर्तामोड नगरपालिकाका ३ वटा वडामा आज बम बिष्फोट भएको छ । गरामनी स्थीत बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालयमा आज बिहान करीब साढे ४ बजेको समयमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रबक्ता श्रेष्ठका अनुसार बिस्फोटबाट वडा कार्यालय भवनको झ्यालहरु फुटेको छ । बिस्फोटबाट अन्य क्षतिका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।  बिस्फोट भए लगत्तै घट्नास्थलमा प्रहरी पुगेको र अनुसन्धान शुरु गरेको भए पनि बिस्फोट कसले गराएको हो भन्ने यकिन नभएको डिएसपी श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बिस्फोट गराईएको बमका बारेमा समेत अनुसन्धान भईरहेको छ ।