धरान : यसपाली साउन महिनामा लक्ष्य राखेअनुसार धरानको पिण्डेश्वर बाबाधाममा जल चढाउन बोलबम भक्तजनहरु नआएपनि आज अन्तिम सोमबार अत्यधिक घुँइचो लागेको छ ।

आज अन्तिम सोमबार तराईका जिल्लाबाट जल चढाउन आउने श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको छ । यस्तै, स्थानीय भक्तजनहरुको संख्या पनि उतिकै छ । बाबाधाम समितिका अनुसार भक्तजनहरुको घुँइचोकै कारण आइतबारदेखि नै मन्दिरको मुल ढोका खोलिएको बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । उनका अनुसार यसपाली ५ लाख भक्तजन आउने अपेक्षा थियो, तर शुरुका २ सोमबार अपेक्षा गरेजस्तो भक्तजन आएनन् ।

bolbam2

आज अन्तिम सोमबार पिण्डेश्वर महादेवको दर्शन गर्न १ नं प्रदेशका सभामुख प्रदिपकुमार भण्डारी पत्नीसहित पुगेका थिए भने उपसभामुख सरस्वती पोखरेलले पनि सभामुख भण्डारीसँगै पिण्डेश्वर दर्शन गर्न गएकी थिइन् । उनीहरुलाई दर्शन गर्न बिशेष व्यवस्था गरिएको थियो । हरेक बर्ष साउनमा पिण्डेश्वर मन्दिरमा बोलबम मेला नै लाग्ने गरेको छ । साउन र सोमबार हिन्दु आराध्यदेव शिवको प्रिय महिना मानिन्छ । यो महिनाको सोमबार चतरास्थित कोशी नदीको जल बोकेर पैदल यात्रा गरी पिण्डेश्वरमा चढाउनाले मनोकांक्षा पुरा हुने विश्वास छ ।

bolbam1 IMG_20190812_090557 bolbam4 bolbam3 IMG_20190812_090628 IMG_20190812_091121