धरान(डेस्क): खोटाङ र सोलुखुम्बुको छुट्टा छुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ ।

१ नं प्रदेश प्रहरी कार्यालयका अनुसार खोटाङको बराहपोखरी गाउँपालिका ५ सोह्रखानीकी ५० बर्षीया बाटुली माया सार्कीको लडेर मृत्यु भएको हो । आज दिउँसो साँढे १२ बजेको समयमा सार्की घर नजिकै बारीमा लडेर मृत अवस्थामा भेटिएको हो । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हुक्नाजोरको टोली घटनास्थलतर्फ गएको थियो । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय चिसापानी तथा खोटाङ बजारबाट समेत प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यसैगरी, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ लाखोपकी ६३ बर्षीया काण्डी शेर्पाको खोलामा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो घरबाट अचानक हिडेकी शेर्पाको खोजतलास गर्ने क्रममा आज दिउँसो साँढे १२ बजे लाखोप ठाडे खोलामा डुबी मृत अबस्थामा फेला परेकी थिईन्। घटनास्थलमा प्रहरी चौकी केरुङको प्रहरी टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान र कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।