काठमाण्डौं : यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी(गाडी मालिक या कम्पनी)लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भएरनभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ । कान्तिपुर दैनिकबाट