धरान: प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सञ्चालित ‘म अघि बढ्छु’ कार्यक्रममा रोमन म्यागासेसे पुरस्कार विजेता महाविर पुनले विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गरेका छन् ।

मंगलबार विहान सगरमाथा टिन्स क्लव एम्स एकाडेमी धरान १२ को व्यावस्थापनमा गोर्खा डिपार्टमेन्ट स्टोरको सभाहलमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई पुनले आफ्नो बाल्यकालदेखी हालसम्म भोगेका अनुभवहरुका बारेमा बताउदै विद्यार्थीहरुलाई उत्प्रेरणा दिएका हुन् । म्याग्दीको ग्रामिण क्षेत्रमा वायरलेस इन्टरनेट सुविधा पु¥याएर चर्चा कमाएका पुनले एसियाको नोबल पुरस्कार मानिने ‘रोमन म्याग्सेस पुरस्कार’ जितेका छन् । उनले विद्यार्थीहरुलाई किशोरा अवस्थाको उमेरमा आइपुग्दा गलत कार्यमा फस्न सकिनेतर्फ सचेत गराए । ‘टिनेजर्स उमेरमा गलत काममा फस्न सकिन्छ’ उनले भने ‘हामीले गलत कार्यमा जानुहुदैन, त्यसले फाइदा गदैन ।’

उनले विद्यार्थीहरुलाई समाजहितको लागि काम गर्न सुझाए । ‘टाढा–टाढा जान नसकेपनि आफ्नो छिमेकमा समाजको लागि काम गर्नुहोस्’ उनले भने ‘तर नराम्रो काम कुलतमा नलाग्नुस् ।’ उनले प्रविधिको विकास भएसंगै हरेक क्षेत्रमा काम गर्न सजिलो भएको बताए । उनले ‘अब खाली अगाडी बढ्न मात्र बाँकी छ ।’ उनले यूवाहरुमा हरेक क्षेत्रको ज्ञान र सिपको विकास गराएर व्यावसायिक बनाउन सकियो भने मात्र देशमा समृद्धी हासिल हुने पनि बताए । उनले राम्रो काम गरेपछि पुरस्कार पाउन त्यत्रो मुस्किल नहुने बताउदै राम्रो काम आफ्नो लागि र समाजको लागि गर्नुपर्ने बताए ।

IMG_20190813_091413

प्रदेश सरकारले विद्यार्थीहरुलाई लक्षित गरी ‘म अघि बढ्छु’ कार्यक्रमको शुरुवात गरेर प्रशंसा योग्य काम गरेको पुनले बताए । कामको शुरुवात गरेर मात्र हुदैन, कार्यन्यवन र निरन्तरता दिदै जानुपर्ने पनि उनको सुझाव थियो । उनले भोलीको कर्णधार विद्यार्थीहरुलाई एउटा असरल नागरिक बनाएर समाज रुपान्तरमा ठुलो टेवा पु¥याउने विश्वास व्याक्त गरे । आफुलको चाल्दै आएको अभियानसंग प्रदेश सरकारले अगाडी सारेको म अघि बढ्छु अभियानको उद्देश्य युवाहरुलाई गलत कार्यमा लाग्न नदिइ असल नागरिक बनाउने हुनाले यसमा आफु धेरै हर्षित भएको बताए ।

आफुलाई बर्बाद बनाएर समाजमा समेत नकारात्मक असर पर्ने हुँदा त्यसले कसैलाई पनि फाइदा नपुग्ने पुनले बताए । राष्ट्रिय आबिष्कार केन्द्रको अध्यक्ष समेत रहेका पुनले आविष्कार केन्द्र खोलेर जुनसुकै क्षेत्रका प्रतिभिशाली व्याक्तिको सिपलाई अझ उचाइमा लानको लागि सहयोग गर्ने बताए । उनले देशमा प्रविधिको विकास भएमात्र समृद्धी हासिल हुने हुँदा विद्यार्थीहरुलाई नयाँ–नयाँ कुराको सिर्जनामा लाग्न आग्रह गरे ।

IMG_208

धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले उत्साह, जोस जागर, अनुशासन, इमान्दारीताका साथ अगाडी बढ्न विद्यार्थीहरुलाई सुझाब दिइन् । पुनले धरानको एम्स एकाडेमी, पब्लिक मावि, युरेकालगायतका विद्यालयमा पुगेरै विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए । प्रदेश सरकारले थालेको यो अभियानमा १३ वर्षदेखी १९ वर्षसम्मका र कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुलाई सहभागी गराएको छ । प्रदेश १ का विभिन्न जिल्लाका विद्यालयमा पुगेर क्लव गठन गरेर अभियानलाई तिब्ररुपमा अघि बढाइएको छ । कार्यक्रमका प्रदेश संयोजक नबराज राई, आन्तरिक मामिला तथा कानुनमन्त्रीका राजिनीतक सल्लाहकार रवि खनाललगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा एम्स एकाडेमी प्रालिका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मंगलबार पुनले धरानसहित इटहरीमा पनि शैक्षिक संस्थाहरुमा पनि पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा जगाएका थिए । धरानको पब्लिक मावि, युरेका मावि, विजयपुर मावि, डिपो मावि र इटहरीको राष्ट्रिय मावि, ब्लुमिंग लोटस मावि, दुहबीको सरस्वती माविलगायतमा विद्यार्थीहरुलाई सकरात्मक सोचको उत्प्रेरणा दिएका थिए ।

IMG_20190813_092418