काठमाण्डौं : वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई हिजोमात्रै डिस्चार्च गरी कालिकास्थानस्थित निवास लगिएको थियो । शौचालय जाँदा बेहोस भएका उनलाई पुतलीसडकस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको पारिवारिक श्रोतले जनाएको छ । दीक्षितका ‘माधवी’, ‘ग्याँस च्याम्बरको मृत्यु’ त्यो युगलगायत ४६ कृति प्रकाशित छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । दिक्षितको जन्म १९७९ फागुन ६ गते काठमाडाौको गैरीधारामा भएको थियो । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।