गाईघाट: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मिडियाले नकरात्मक कुराको खेती गर्ने 'ट्रेण्ड'लाई अन्तय गर्न आग्रह गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित राजाबासमा बिहिबार नेपाल आदिबासी जनजाती पत्रकार महासंघ(फोनिज)को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो आग्रह गरेका हुन् । उनले मिडिया क्षेत्रको भुमिका रचनात्मक हुनुपर्ने धारणा व्यक्त गर्दै मिडियाले 'वाचडग'को भुमिकामा रहेर सधैं खबरदरी गर्नुपर्ने पनि बताए । ‘मिडियाको भुमिका अब परिवर्तन हुन जरुरी छ, यस्तो अपेक्षा सिंगो समाजले, नेपाली जनताले गरिरहेको छ,’मुख्यमन्त्री राईले भने,‘नेपाली मिडियाले नकरात्मकताको खोजी गर्ने, खेती गर्ने लामो समयदेखिको जुन ट्रेण्ड छ, त्यो अब अन्तय गर्नुपर्छ, र सकरात्मकतालाई स्थान दिनुपर्छ । हाइलाइट गर्नुपर्छ, म सिंगो मिडिया क्षेत्रलाई र फोनिजलाई आग्रह गर्न चाहन्छु ।’

उद्घाटन समारोहमा मुख्यमन्त्री शेरधन राईद्वारा व्यक्त विचारहरुको सारांस यहाँ राखिएको छ:

'नेपालको प्रजातिन्त्रक, लोकतन्त्रिक र गणतान्त्तिक आन्दोलनमा मिडियाको भुमिका कसैले नकार्न सक्दैन । त्यही भुमिकाको कदर गर्दै संविधानसभाबाट जारी भएको संविधानमा पनि उच्च स्थानमा राखेका छांै । संविधान र संघीयताको कार्यान्वयनमा, उपलब्धीलाई संरक्षण, संस्थागत र प्रयोग गर्ने कुरामा मिडिया क्षेत्रको भुमिका रहनुपर्छ, त्यो अपेक्षा मुलुकले राखेको छ । संविधानले पनि त्यही स्थान दिएको छ ।

म सिंगो मिडिया क्षेत्रलाई आह्वान गर्न चाहन्छु, कि संविधानसभाबाट जारी भएको संविधान, पहिलो पटक आत्मसाथ भएको संघीय प्रणालीलाई कार्यान्वयन गराउन महत्वपुर्ण भुमिका खेलौं । मिडिया क्षेत्रको भुमिका रचनात्मक हुनुपर्छ, वाचडगको भुमिकामा रहनुपर्छ, खबरदरीको हुनुपर्छ । मिडियाको भुमिका अब परिवर्तन हुन जरुरी छ, यस्तो अपेक्षा सिंगो समाजले, जनताले गरिरहेको छ ।

नेपालका मिडियामा नकरात्मकताको खोजी गर्ने, खेती गर्ने लामो समयदेखिको ट्रेण्ड छ, त्यो अन्तय गर्नुपर्छ, र सकरात्मकतालाई स्थान दिनुपर्छ । हाइलाइट गर्नुपर्छ, म सिंगो मिडिया क्षेत्रलाई र फोनिजलाई आग्रह गर्न चाहन्छु । अब हामीले यस्ता औपचारिक कार्यक्रमहरुको मोडालिटी पनि परिवतृन गर्नुपर्छ । एउटा कार्यक्रममा साढे ४ घण्टा समय खर्चनु सामान्य कुरा होइन । सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा मसँगै स्वीस राजदुत हुनुहुन्थ्यो । त्यतिबेला स्वीस राजदुतले मसँग कुरा गर्दै यहाँ(नेपाल) कुरा धेरै, काम थोरै हुन्छ तर हाम्रो देशमा काम धेरै, कुरा थोरै हुन्छ भन्नु भयो । कार्यक्रममा सबै दललाई आसन गराउनैपर्ने, बोल्न दिनैपर्ने चलन छ । अब राजनीतिक दलहरुमा पनि परिवर्तन हुनुपर्छ । उद्घाटन समायमा कति घण्टा खर्चने हो ? अब विचार गर्नुपर्छ । आगामी दिनमा हेक्का राख्नुपर्छ । पुराना चलन भत्काएर जानुपर्छ ।

fonij4

हामीले नेपाली मौलिकतामा आधारित संघीय प्रणाली अवलम्बन गरिराखेका छौं । नेपाली बिषेशतामा र मौकिलतामा आधारित छ । पहिलो पटक संघीयतामा गएका छौं, पहिलो पटक अभ्यास गररहेका छौं । त्यसैले संघीयताबारे बुझाइ पनि फरक फरक छ । नेपाल भौगोलिकरुपमा हिमाल, पहाड र तराई छ । १२५ जातजाति छ, त्यतिकै १२३ संख्यामा भाषाभाषी बोल्ने समुदाय छ । विविधताको जग र बिशेषतामा उभिएको छ नेपाल । यही नेपालीपन, मौलिकता र नेपाली बिशेषतामा आधारित नौलो प्रकारको संघीय प्रणााली अपनाएका छौं । यसप्रकारको संघीय प्रणालीले मात्र हिमाल, पहाड र तराईलाई खदिलो तरिकाले जोड्न सक्छन् । १२५ जाजतजातिको पहिचान, भाषा सहअस्तित्वलाई जोगाउन सक्छ । हामीमा भएको खाडलहरु पुर्नसक्छ ।

यसप्रकारको संघीय प्रणालीको माध्यमले मात्र समृद्धि हासिल गर्नसकछौं, घरआँगनमा खुशी पुर्याउन सकिन्छ, खुशी छर्न सकिन्छ । त्यसैले स्थानीय तहहरुलाई सरकारको मान्यता दियौं । संघीयता कार्यान्वयनको महत्वपुर्ण चरणमा हामी अघि बढीसकेका छौं । तीन तहका सरकार निवार्चित भएर क्रियासिल छ, राष्ट्रिय गन्तव्य र लक्ष्य तय भइसकेको छ । समृद्ध नेपाल, खुशी नेपाली समृद्ध गन्तव्य हो । त्यही गन्तव्यतर्फ सिंगो मुलकुलाई एकढिक्का बनाएर नेपाली जनतालाई डोर्याउनुछ ।

अब सिंगो मुलक, सबै जात,भाषा, सँस्कृति मान्ने नेपालीहरु, विभिन्न दर्शन, विचार मान्ने दल, व्यक्ति, समुहहरु विशाल राजमार्गमा हिड्न तयार हुनेछन्, र समृद्ध नेपाल, खुशी नपालीको राष्ट्रिय लक्ष्यमा पुग्नेछौं । हामीलाई समय लागिरहेको छ । जनताको आकांक्षा वमोजिम भइरहेको छैन, गति धिमा छ । त्यसलाई अन्यथा मान्नु हुन्न । नयाँ बाटोमा हिडिरहका छौं । पुराना अनुभव छैन । कानुनी संरचनाहरु, भौतिक संरचनाहरु बनाउनुपर्नेछ । संरचना तयार गरेर मात्र चुनावमा जानुपथ्र्यो, तर हामी एकै चोटी चुनावमा गयौं, र खाली ठाउँमा उभिनुपर्यो । गुन्द्री र पिरामा बसेर काम शुरु गर्नुपर्यो । आधा समय संरचना तयार गर्दै बिताउनुपर्यो । अझ तीब्र गतिमा रथ गुडाउन, जहाज उडाउन समय लाग्छ नै ।

एकातिर मानसिकतामा समस्या छ । संघीयताको आत्मा, मर्म र भावना अनुसार मानिसहरु बत्तिन नसकेको अवस्था छ । पुरानै मानसिकता, व्यवहार र चलनमा मानिसहरु चल्न खोजिरहेका छन् । हाम्रो ब्युरोक्रेसीभित्र अझै ठुलो त्यो मानसिकता देखिन्छ । त्यसैले हाम्रो गतिमा दौडन सकिरहेका छैनौं । हाम्रो जहाज उठाउदै गर्दा केही नयाँ पाटपुर्जा हालेका छौं, केही पुरानै कसेर उडाउनुपर्ने भएको छ । त्यसकारण समय लागेको छ, तर कार्यान्वयनमा संघीयता गइसकेको छ ।

संघीयता घाडो हुन्छ, असफल हुन्छ भन्ने प्रकारका कुराहरु गलत सावित हुनेछन् । ती, त्यस्ता सोच र मानसिकता पराजित हुनेछ । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संघीयता असफल होस् भन्ने कामना गर्नेहरु कामनामा नै सिमित हुनेछन् । आन्दोलन गर्नुपर्ने, संघर्ष गर्नुपर्ने केही छैन । पहलो पटक यति वलियो सरकार बनेको छ । मुलुकले यही खोजेको थियो । स्थिर सरकार ३ वटै तहमा बनेको छ । ३ तहको सरकारले सही नेतृत्व प्रदान गर्ने हो, संविधान कार्यान्वयमा उतिकै जिम्मेवारी बोध गर्नुपर्ने हो । फेरि संघर्ष गर्नुपर्ने, आन्दोलन गर्नुपर्ने, वलिदान गर्नुपर्ने यो अवस्थामा हुदैन, हुनुहुदैन । हामीले ठुलठुला समस्या समाधान गरेर आएका छौं । ठुलठुला द्धन्द र लामो संक्रमणकालीन समयहरुलाई शान्तिपुर्ण ढंगबाट व्यवस्थापन गर्नसक्ने ।

यति धेरै विविधता र समस्याहरुको चांगहरुलाई पन्छाउन सक्ने, व्यवस्थापन गर्नसक्ने तागत हामीले राखेका छौं । दुनिया छक्क छ, कि नेपालले कसरी सक्यो ? अरु मुलुकको लागि अनुसन्धानको खोजीको बिषय छ । तसर्थ, अहिले देखिरहेको समस्या हल गर्न हामी सक्छौं । संवाद, छलफलबाट गर्नुपर्छ । कुनै पनि कुराको सुनुवाई हुनैपर्छ, आज मिडिया काउन्सिलको बिषयमा बाहिर जुन विरोध भयो, त्यो कुरा सरकारले सुन्न बाध्य हुनुपर्यो । छलफल भयो, र एउटा सहमतिबाट विधेयक अघि बढाउने अवस्थामा पुगेको छ ।
आज आदिबासी जनजातिले उठाएको आवाजको पनि सुनुवाई हुनुपर्छ, हुन्छ । तसर्थ, फेरि वलिदान गर्नुपर्ने अवस्था आउन हुदैन । माग सुनुवाई हुनुपर्छ, सहज ढंगबाट हुन्छ । मात्र सकरात्मक एटिच्युटबाट जानुपर्छ । कुटनैतिकढंगबाट संवाद गर्नुपर्छ । इरिटेशन बनाउने होइन, परिस्थिति असामान्य बनाउने होइन । अहिले देखिएको समस्या पनि हामी समाधान गर्न सक्छौं । '