इटहरी: इटहरीमा श्रृजनशील उद्यमी मेला शनिबार सम्पन्न भएको छ ।

साउन ३० गतेदेखि इटहरीको दुर्गा पार्टी प्यालेसमा सञ्चालन भएको उद्यमी मेलाको शनिबार सम्पन्न भएको हो । मेलामा कुल ८१ वटा स्टलहरु राखिएको थियो । महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न तथा घरेलु उत्पादनलाई जोड दिने उद्देश्यले उक्त मेला आयोजना गरिएको मेलाकी संयोजक रञ्जु सिग्देलले बताईन् । मेलामा ३० लाख बढीको कारोबार भएको उनको भनाई थियो ।

उक्त मेलामा सामजिक सेवा समेत गर्ने उद्देश्यले लायन्स क्लब अफ इटहरी ग्रीन सिटी, लायन्स क्लब अफ इटहरी, स्मार्ट सिटि र लायन्स क्लब अफ इटहरी सिटिको संयुक्त आयोजनामा निःशुल्क हेल्थ शिबिर समेत राखिएको थियो । शिबिरमा तीन सय बढीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा २ जनालाई जल बिन्दु रोग देखा परेको र ८ जनालाई मोतिबिन्दु देखिएको लायन्स क्लब अफ इटहरी ग्रीनसिटीका सचिध उमेश दाहालले जानकारी दिए । उनका अनुसार उनीहरुको निःशुल्क अप्रेसन समेत गरिने छ ।

udhami-melaa