धरान: धरान–१३ स्थित सुर्यमार्ग (प्याकेज ख) सडकको शनिबार उद्घाटन गरिएको छ ।

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले रिवन काटेर र सडकको शिलालेख अनावरण गरेर सडकको उद्घाटन गरे । सुर्यमार्ग सडक तथा ढल निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष गौतम श्रेष्ठले सडकको कालापत्रे निर्माण सम्पन्न गर्न ३८ लाख २१ हजार ९ सय १४ रुपैयाँ लागतमा गरिएको जानकारी दिए । उनका अनुसार सभामुख भण्डारीको सांसद क्षेत्र विकास कोषबाट आएको २३ लाख ६३ हजार ६ सय २५ रुपैयाँ र जनसहभागीताबाट उठेको १४ लाख ५८ हजार २ सय ९९ रुपैयाँ गरी ३८ लाख २१ हजार ९ सय १४ रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको हो । उक्त सडक ५ सय ६६ मिटरको लम्बाई र ३० फिट चौडाईको रहेको छ ।

सडकको दाँया र बाँया ढल निकास निर्माण गरिएको छ । पूर्वतर्फको ढल धरानमा सञ्चालित खानेपानी आयोजनाले निर्माण गरिदिएको हो । कार्यक्रममा बोल्दै सभामुख भण्डारीले स्थानीयस्तरबाटै नै विकासलाई गति दिनुपर्ने बताए । उनले संघ र प्रदेश सरकार समन्वयकारी भुमिकामा रहने बताए । उनले फुस्रेको गौरामार्ग, उदयमार्गलगायतको सडकलाई पक्की बनाउन बाँकी रहेको बताउदै यसमा आफुहरुको ध्यानाकर्षण भएको बताए । कार्यक्रममा वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले सुर्यमार्गको यो सडक आफु वडा नागरिक मञ्चमा हुँदा देखि नै पहल कदमी भएको बताए । उनले यो सडक विगतमा पनि रिङरोडको रुपमा रहेको महत्वपूर्ण सडक भएको बताए ।

S9530021

कार्यक्रममा सडक निर्माणमा सहयोगी भुमिका निर्बाह गरिएको भन्दै समाजसेवी घनश्याम तिम्सिना, पूर्व प्रधानाध्यापक एबंम अग्रज कुमारमान श्रेष्ठ, अग्रज बम बहादुर कट्वाल, निर्माण व्यावसायि एबंम समाजसेबी जनसेबक भण्डारीलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सभामुख भण्डारी, उपभोक्ता समितिका अध्यक्ष समु श्रेष्ठलगायतले मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, नेकपा धरान नगर अध्यक्ष नारायण सुबेदी, नेपाली कांग्रेसका धरान नगर सभापति तिलक राई, नेकपा सुनसरी जिल्ला सदस्य चोत्लुङ, निर्माण व्यावसायि एंबम समाजसेबी जनसेवक भण्डारी, प्रदेश १ ट्राफीक प्रहरी प्रमुख भिम दाहाल, पब्लिक माविका पूर्वप्रअ कुमारमान श्रेष्ठलगायत, वडाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष समु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।