पथरी: मोरङको कानेपोखरी ७ मा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिबार राती ५ लाख भन्दा बढी रकम चोरी भएको छ ।

सहकारीको कार्यालय बाटै ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको संस्थाले जनाएको छ । कार्यालयमा जडान गरेको सिसि क्यामेराको तार काटेर हार्डडिक्स पनि लगेको पाइएको प्रहरीले जनाएको छ । र्इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रामबहादुर ढकालले चोरले सिसि क्यामेराको तार काटेर हार्ड डिक्स लागेको र सेफको चाबी लगाउने ठाउँबाट फोडेर रकम चोरी गरेको पाइएको बताए । पूर्वपटिको झ्यालको पल्ला फुटाएर झ्यालको ग्रिल काटेर चोरी गरिएको पथरी प्रहरीले जनाएको छ ।

sahakari-chori 1

बचत परिचालक रमेश शिवाकोटीले आइतबार विहान ७ बजे संस्था खोल्दा भित्र तोफोड भएको देखेपछि चोरी घटना बाहिरिएको थियो । उनले नै संस्थाका अन्य व्यक्तिहरुलाई खबर गरेका थिए । शिवाकोटी हिसाबकोे लागि विहानै कार्यालयमा आएका थिए । इलाका प्रहरी कार्यालय पथरीको टोलीले विहानै चोरी भएको स्थलमा पुगी अनुसन्धान अघि बढाएको जनाएको छ ।