धरान(डेस्क) : धरान उपमहानगरपालिका ८ तीनकुनेबाट अवैध लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १५ बस्ने ३९ वर्षीय रुभिन श्रेष्ठ र धरान २ बस्ने ५६ वर्षीय बनबरीलाल शर्मा रहेका छन् ।

आइतबार राति १० बजेको समयमा अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट चेकिङमा खटिएको प्रहरीको टोलीले ईटहरीबाट धरानतर्फ आउदै गरेको को.२ च. १०२१ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा लुकाइ छिपाई ल्याउदै गरेको अवैध लागुऔषध डाइलेक्स २८ बोतल फेला पारेको जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका दुबैजना र कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।