तेह्रथुम : भदौरे मेलाको अवसरमा आयोजना गरिएको दोस्रो छथर गाउँपालिका अध्यक्ष कप खेलकुद अन्तर्गत भलिबल र फुटबलतर्फ फाइनल खेल्ने टोलीको टुङ्गो लागेको छ ।

भलिबलतर्फ रामप्रसाद राई गापा भोजपुर र साँगुरीगढी धनकुटा फाइनलमा भिड्ने भएका छन् । आज भएको भलिबल अन्तर्गतको सेमिफाइनलमा रामप्रसाद गापाले भोजपुरकै हतुवागडी गापालाइ २५–२०, २५–९, २०–२५, २५–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

त्यस्तै निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाइनलमा धनकुटाको साँगुरीगढी गापाले भोजपुरको आमचोक गापालाई २१–२५, २६–२४, २०–२५, २५–२३ र १५–१० को सेटले हराउँंदै फाइनलमा स्थान पक्का गरेको हो ।

त्यस्तै फुटबलतर्फ रानीगाउँ पाँचथर र छथर जोरपाटी गापा धनकुटा भिड्ने भएका छन । आज भएको सेमिफाइनलमा रानिगाउँ पाँचथरले एमडीवाईसी छथर गाउँपालिका १ लाई ट्राइब्रेकरमा ५–४ ले हराउँदै फाइनलमा स्थान बनाएको हो भने छथर जोरपाटीले मङ्गलबारे यूवा क्लब मोरङलाई २–० लाई हराउँदै फाइनलमा स्थान तय गरेको हो ।

दुबै खेलको फाइनल भोलि हुने तालिका रहेको आयोजकले बताएका छन् । फुटबलको फाइनल खेल भोलि बिहान १० बजे र भलिबल को दिउँसो ११ बजे हुने जानकारी प्राप्त भएको छ । भलिबलतर्फको आज भएको खेल सनराइज खबरले युटुबमार्फत् प्रत्यक्ष प्रसारण गरेको थियो  ।