धरान : धरानमा पहिलो पटक सामुदायिक विद्यालयले विद्यार्थीका लागि बस सेवा सञ्चालनमा ल्याएको छ ।
धरान–१२ स्थित पब्लिक माविले बस सेवा सञ्चालनमा ल्याएको हो । बसको उद्घाटन धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले गरिन् । ३५ सिट क्षमताको बस २६ लाख रुपैयाँ लागतमा खरिद गरेर ल्याइएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले बताए । धरानमा पहिलो पटक सामुदायिक विद्यालय बस सेवा सञ्चालनमा ल्याएकोमा कार्यबाहक मेयर सुबेदीले खुशी व्याक्त गरिन् ।
पब्लिक मावि २००३ सालमा स्थापना भएको हो ।

उनले विद्यालयलाई नमूना विद्यालय बनाउन उपमहानगरले आवश्यक सहयोग गर्ने समेत बच्चन दिइन् । धरान नगर क्षेत्रमा पर्ने धरान–६ को पानबारी र धरान १७ का पटनालीसम्मका विद्यार्थीहलाई बस सेवा दिने विद्यालयले जनाएको छ । विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गर्न बस सेवाले महत्वपूर्ण भुमिका खेल्नेमा प्रअ झाले विश्वास व्याक्त गरे । बस खरिद गर्नको लागि विद्यालयका पूर्व विद्यार्थी र विभिन्न दाताहरुले सहयोग गरेको विद्यालयले जनाएको छ ।

हाल सम्म केही रकम संकलन भैसकेको र बाँकी रकम अन्य दाताहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रअ झाले बताए । कार्यक्रममा पूर्व विद्यार्थी समाज, वडाध्यक्ष टंकबहादुर राई, पूर्व विद्यार्थीहरुलगायतको उपस्थिती रहेको थियो । कार्यक्रम विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

school-bus-1