धरान : मदिरा व्यावसायि र मदिरा कम्पनीका बजार प्रतिनिधिहरुलाई लक्षित गरी धरान मदिरा व्यावसायि संघले प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता आउदो भदौं ९ गते आयोजना गर्न लागेको छ ।

संघका संस्थापक स्वर्गीय गोपाल गुप्ताको स्मृतिमा जिल्ला ब्याटमिन्टन संघ सुनसरीको प्राविधिक सहयोगमा संघले धरान–१३ स्थित अमर सेवा समाज बहुउद्देश्यीय भवनमा भदौ ९ गते एक दिवशीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन गदै प्रतियोगिता आयोजना बारे जानकारी दिएको हो ।

प्रतियोगितामा पुरुष डबल्स इभेन्ट्समा खेलाइने छ, भने मदिरा व्यावसायि र मदिरा कम्पनीका बजार प्रतिनिधिहरुले प्रतियोगितामा भाग लिन पाउने कार्यक्रम संयोजक एबंम संघका कोषाध्यक्ष रोशन गुप्ताले बताए । उनका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा र उदयपुरका १६ टिमको सहभागीता हुने छन् । प्रतियोगितामा झापा र सुनसरीबाट ४–४ टिम र बाँकी चार जिल्लाबाट २–२ टिमको सहभागीता हुने छ । प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी, दोस्रोले नगद १० हजार रुपैयाँ र तेस्रो २ टिमले जनही नगद ५–५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, अनुसाशित र बेष्ट प्लेयर जनही १५ सय रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा प्रत्येक खेलाडीलाई इन्ट्री फि ५ सय रुपैयाँ तोकिएको छ । खेलाडीको लागि टि–सर्ट आयोजकले निःशुल्क प्रदान गर्ने छ । खेलकुदको क्षेत्रलाई थप टेवा पु¥याउने र व्यावसायिबीच सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष नवीन कुमार तामाङले बताए । उनले यो प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिदै जाने समेत बताए ।

‘मदिरा व्यावसायि र कम्पनीका बजार प्रतिनिधिहरुको लागि प्रतियोगिता आयोजना गर्न लागेका हौं’ उनले भने ‘संघमा आबद्ध जिल्लालाई प्रतियोगितामा सहभागी गराउने हो, आगामी दिनमा यो प्रतियोगितालाई निरन्तरता दिदै लान्छौं ।’ मा सहभागी गराउ दिबंगत गुप्ता कार्यक्रम संयोजक रोशन गुप्ताका पिता हुन् । लामो समय धरानमा होलसेल मदिरा व्यावसायि गुप्ताको २ वर्ष अघि निधन भएको थियो । पत्रकार सम्मेलनमा मदिरा व्यावसायि संघका प्रदेश १ का कोषाध्यक्ष विजय मानन्धर, जिल्ला ब्याटमिन्टन संघ सुनसरीका सह–सचिब रकम लिम्बुलगायत मदिरा व्यावसायि संघका पदाधिकारहरुको उपस्थिती रहेको थियो ।