इटहरी: जेसीज सप्ताहअन्र्तगतको पाँचौ दिन मंगलबार इटहरी जेसीजले सेरा खोलाको किनार नजिकै बृक्षारोपण गरेको छ ।

खोलाको कटानबाट जोगाउन ‘जेसीज वन’ कार्यक्रम मार्फत जेसिजले २ हजार बढी बिरुवा रोपेको हो । इटहरी वडा नम्बर ३ मा पर्ने सरस्वती सामुदायिक वन क्षेत्रको खाली जमिनमा वृक्षारोपण गरी त्यसलाई जेसिज वन घोषणा गरिएको अध्यक्ष बिनोद पौडेलले बताए । उनका अनुसार प्रत्येक बर्ष साप्ताहिक रुपमा मनाउँदै आएको जेसीज सप्ता यो बर्ष रचनात्मक बनाउन लागि परेको बताए ।

बाबुराम नेपालको संयोजकत्वमा उक्त बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो । सेरा खोलाको कटानबाट बचाउन र वनको स्तरोन्नती गर्न बृक्षारोपण गर्नु सराहनीय रहेको वडाध्यक्ष बालकृष्ण बिष्टले बताए । कार्यक्रमका प्रमुख अतिथि शशस्त्र प्रहरी बल पकलीका नायव महानिरीक्षक नगेन्द्र थापा रहेका थिए । उनले जेसीजले बन जोगाउनका निम्ति गरेको उक्त रचनात्मक कार्यक्रम अनुकरणीय रहेको उल्लेख गरे ।

plantation1