इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ४ का गिरेन्द्र साहले वैदेशिक रोजगारीमा दुवई पठाइदिने भन्दै ७ जनाबाट लाखौँ रुपैयाँ उठाएर फरार भएका छन् ।

हरिनगरा गाउँपालिका ४ का ३५ वर्षीय साह लाखौँ रुपैयाँ उठाएर तीन महिनादेखि फरार छन् । आकर्षक आम्दानीको लोभ देखाएर सात जना युवासँग प्रति व्यक्ति एक लाख ७० हजार रुपैयाँ लिएर साह फरार भएको पीडितहरुले बताएका छन् । सात जनाबाट ११ लाख ९० हजार उठाएर साह तीन महिनादेखि सम्पर्कविहीन हुन् ।

साहबाट पीडित भएका युवाहरुले श्रम तथा रोजगार कार्यालय विराटनगरका उजुरी दिएका छन् । कार्यालयका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले कार्यालयले साहका नाममा पक्राउ पूर्जी जारी गरेर खोजीका लागि प्रहरी परिचालन गरेको बताएका छन् ।