काठमाडौं : मुलुकमा इन्धन खपत एक वर्षमा करिब १० प्रतिशतले वृद्धि भएको छ । सवारी साधन प्रयोगकर्ता, हवाई उडान र ग्यास प्रयोगकर्ताको संख्या वृद्धि हुँदा खपत बढेको हो । अघिल्लो आर्थिक वर्ष २६ लाख ६९ हजार पाँच सय ६१ किलोलिटर इन्धन खपत भएकोमा गत आर्थिक वर्ष २०७५र७६ मा २९ लाख ३० हजार तीन सय ५४ किलोलिटर बिक्री भएको नेपाल आयल निगमले जनाएको छ ।

डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यासको खपत वृद्धि औसतमा ९.७६ प्रतिशत देखिएको छ । –नागरिक दैनिकबाट