झापा : झापा जिल्लामा प्रहरीलाई सुरक्षा चुनौती बढ्दै गएको पाईएको छ । हिरासतबाट मात्र हैन बलियो सुरक्षा घेराभित्रैबाट पनि कैदी फरार भएका घटनादेखी प्रहरीले आफ्नो साथमा राखेको हतियारनै हराउनेजस्ता घटनाले झापा प्रहरी प्रमुखलाई टाउको दुखाईरहेको छ यतिबेला ।

सात महिना अघि झापा भद्रपुर नगरपालिका–९ स्थित मनषा सिमेन्ट उद्योगमा कार्यरत एक कर्मचारीको हत्या भयो । सो उद्योगका म्यानेजरभारत घर भएका कमल दुगडको हत्या भएको यतिका समय बितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । हात खुट्टा बाँधिएकोअवस्थामा दुगडको शव फेला परेपछि नेपाल प्रहरीले अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर हत्यारा पत्ता लगाउन प्रयास ग¥यो तरप्रहरीको प्रयास निरर्थक सावित भयो ।

२०७५ साउनमा झापा कारागारमा रहेका एक कैदी फरार भए । फरार कैदीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । गौरादह नगरपालिका–८ का २४ वर्षीय उमेश माझी कारागारमा बिजुली मर्मतको काम गर्दै आएका थिए । १४ वर्षीया बालिका करणीको आरोपमा जेल परेका उनी बिजुली मर्मतकै क्रममा दिउँसै फरार हुँदा समेत प्रहरीले सुइकोसम्म पाएन । उनी फरार भएपछि जिल्ला प्रहरी कार्यालय झापाका तत्कालीन प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतको नेतृत्वमा छानविन समिति बन्यो तर सो समिति नाममै सीमित रह्यो ।
कारागारको सुरक्षार्थ खटिएका एक प्रहरीले १४ राउण्ड गोलीसहित इटालियन पेस्तोल नै हराउँदा समेत झापा प्रहरी मौन छ । कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य विदामा रहेका बेला हतियार हराएको थियो । आचार्य बिदामा रहेका बेला प्रहरी सहायक निरीक्षक हिरण सिंहलाई कारागारको नेतृत्व प्रदान गरिएको थियो । तर, उनकै नेतृत्वमा रहेको प्रहरीले हतियार हराउँदा समेत प्रशासन मौन छ ।

कारागार सुरक्षार्थ खटिएको प्रहरीले हतियार हराएपछि प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनाइए पनि सो समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।
गत असोजमा इलाका प्रहरी कार्यालय अनारमनीको दुई सय मिटर परिसर भित्रै एक गहना पसलमा पेस्तोल देखाएर दिउँसो ३ बजे लुटपाट भयो । लुटपाटमा सम्लग्न सीसी क्यामेराको निगरानीमा परे । तर, गहना पसल लुट्ने लुटेरा अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यो सँगै बिर्तामोडमा रहेको एनएमबी बैंकबाट १७ लाख रुपैयाँ दिउँसै लुटियो । गत कात्तिक ११ गते दिउँसो ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङले बैंकमा रकम जम्मा गर्न भौचर भर्दै गर्दा १६ लाख ९९ हजार रुपैयाँ सहितको झोला लिएर लुटेरा समूह फरार भयो । त्यसको समेत अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । रकम लुटेर भाग्ने व्यक्ति सीसी क्यामेराको फुटेजमा देखिन्छ तर, प्रहरीले अहिलेसम्म लुटपाटमा सम्लग्नलाई फक्राउ गर्न असफल हुनुले झापामा सुरक्षा चुनौति बढेको प्रष्ट हुन्छ ।
एकपछि अर्काे गर्दै लुटेरा समूहले बैंक तथा वित्तीय संस्था लुट्दा समेत प्रहरीले सुरक्षा रणनीति परिर्वतन नगर्दा झापाको घैलाडुब्बामा रहेकोनेपाल बहुउद्देश्सीय सहकारी संस्थाबाट पनि गत असारमा १८ लाख ८० हजार रुपैयाँ चोरी भयो । एनएमसीको सेफ नै तोडेर दुई व्यक्तिले रकम चोरी गरेको सीसी क्यामेरामा देखिए पनि चोरीमा सम्लग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
गत असारमा बिर्तामोडस्थित अतिथि सदन नजिकैबाट एक बालिका अपहरणमा परिन । अपहरणकारीले ८ वर्षीया बालिकालाई सीटी सफारिमा राखेर लगे । बालिकालाई अपहरण गर्दाको सीसी क्यामेराको फुटेज अनुसार विनायक होटल नजिकैबाट ती बालिकालाई पश्चिम बर्सपार्क तर्फ लाँदै गरेको दृष्य प्रष्ट देखिन्छ । तर, अपहरणमा सम्लग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । बालिका भने अपहरणकारीको पञ्जाबाट फुत्किएर घर फर्किएकी छिन् ।

झापामा भएका यी केही प्रतिनिधि घटना मात्रै हुन् । एकपछि अर्काे गर्दै झापामा अपराधका घटना दिनहुँ भइरहे पनि जिल्ला प्रहरी कार्यालय झापाले अपेक्षाकृत काम गर्न नसकेको जनगुनासो बढ्दै छ । प्रहरीलेनै तस्करीको संरक्षण गर्दै आएको स्रोतको दाबी छ । सुरक्षा व्यवस्था राम्रो नहुँदा कालोपत्रे गरिएको सडक रुङ्न झापा गाउँपालिकाले कर्मचारी व्यवस्थापननै गर्नु प¥यो । झापा गाउँपालिका अध्यक्ष जयनारायण साह भन्छन्, ‘गाई गोरु तस्करीमा सम्लग्नले कालोपत्रे गरिएको आलो सडक प्रयोग गर्दै गाई गोरु भारत निकासी गर्दा सडक भत्किएर हेरिनसक्नु भएपछि सडक रुङ्न कर्मचारी राखेका हौँ ।’

अहिले दक्षिणी झापाको गौरीगञ्जदेखि कुमरखोद, घेरावारी, केचना नाका र पूर्वाेत्तर झापाको तिरिङ प्रहरी चौकी नजिकैबाट खुलेआम प्रहरीकैसंरक्षणमा गाई गोरु तस्करी भइरहेको छ । यो सँगै कपडा, हार्डवेरका सामान, मोटरपाट्र्स, फरेन गुड्स खुलेआम भित्रिरहेको छ । पूर्वी नाका काँरकरभिट्टा भन्सारले आर्थिक वर्ष २०७५÷०७६ मा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेपछि भन्सारमा कडाई गरेसँगै भद्रपुर भन्सार, केचना, घेरावारी, टाघनडुब्बा, कुमरखोद, गौरीगञ्ज लगायतका स्थानबाट खुलेआम अवैध सामग्री भित्रिरहेको छ । जसबाट प्रहरीले मोटो रकम असुल्ने गरेको प्रहरी स्रोतकै दाबी छ ।
उता, मेची र तिरिङ नदीमा नदी जन्य सामग्री उत्खनन् गर्दा प्रहरी चौकी तिरिङले मासिक ८० हजार रुपैयाँ असुल गरिरहेको छ । उक्त रकम जिल्ला प्रहरी कार्यालय झापालाई समेत बुझाउनु पर्ने एक प्रहरीले बताएका छन् ।

यता, विशेष परिस्थितिमा बाहेक घुमुवा प्रहरी राख्न नपाइने प्रहरी ऐनमा नै व्यवस्था छ । तर, जिल्ला प्रहरी कार्यालय झापाले प्रहरी ऐन विपरत घुमुवा प्रहरी राखेको छ । झापामा रहेका घुमुवा प्रहरीले अहिले अवैध असुली गरिरहेका छन् । होटलदेखि तस्करसम्म खुलेआम अवैध रकम असुल्दा समेत रमिते बनेको जिल्ला प्रहरी कार्यालय झापाले भने अपराध नियन्त्रणमा उल्लेख्य सफलता मिलेको बताउँदै आएको छ ।
जिल्ला प्रहरी प्रमुख दीनेशराज मैनालीले झापा प्रहरीले पछिल्लो समय अपराध नियन्त्रणमा ठूलो फड्को मारेको र आचरण विपरीत काम गर्नेप्रहरीलाई समेत कारबाही गरेको बताएका छन् । तर, उनको यो भनाइलाई धेरैले नाङ्लो ठटाएर हात्ती तर्साएकोे संज्ञा दिँदै आएका छन् ।