धरान: मोरङको पश्चिम उत्तरमा अवस्थित सुनसरी, धनकुटा र मोरङको सिमानामा पर्छ, साविक याङ्शिला गाविस । हाल यो गाविस केराबारी गाउँपालिका ४ मा पर्छ । यो गाउँ( वडा नं ४) मा रहेको टाकुरे प्राकृतिक सौन्दर्यले भरिपुर्ण छ । तर, हालसम्म ओझेलमा छ ।

यहाँ तामा झर्ना पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना छ । तर, यो ओझेलमा छ । यसलार्य आन्तरिक पर्यटन प्रर्वद्धनको लागि महत्वपूर्ण एक गन्तव्यको रुपमा स्थापित गर्न सकिन्छ । यसको प्रर्वद्धन गर्न केही दिनअघि धरानबाट पर्यटन व्यासायी र पर्यटकरूको समुह झरनासम्म पुगेको थियो ।

jharna-cano

त्यहाँ पहुँचको लागि बाटो र अन्य आधारभुत आवश्यक व्यवस्थापन हुनसके साहसिक पर्यटनमा पर्ने क्यानोनिङ पनि गर्न सकिने यो समुहले ठहर गरेको छ । यसका साथै, यो क्षेत्रमा हाइकिङ, साइक्लिङ र बाइक राइडिङ गर्दै जान समेतलाई उपयुक्त छ । यसको लागि सम्बन्धित निकायले पुर्वाधारको विकास गर्न गुरुयोजना बनाएर उजागर गर्न सके नमुना गन्तव्य बन्ने थियो ।
शब्द/तस्बिर: सनम तामाङ/ रोन स्थापित

jharna jharna2 jharna1 jharnaa

jharnaa-taku3