धरान:तिजको अवसरमा महिला संजाल धरानले आयोजना गर्न लागेको महिला उद्यमी बजार प्रवद्र्धन तथा प्रर्दशनी मेला २०७६ को तयारी पुरा भएको जनाएको छ ।

धरान १२, छाता चोकदेखि केही दक्षिण एप्पल कम्प्युटर नजिक रहेको खुल्ला स्थानमा मेलाको तयारी भइरहेको छ । तिजलाई सृर्जनात्मक तथा फरक शैलीमा मनाउने उद्देश्यले सञ्जालले भदौ ५, ६ र ७ गते तिज बिशेष महिला उद्यमी मेला आयोजना गर्दैछ । सञ्जालले गत बर्षदेखि महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न र उनीहरुको उत्पादनलाई बजारीकरण गर्न उद्यमी मेलाको आयोजना गर्दै आएको छ । मेलाको बिहिबार प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा उद्घाटन हुने आयोजकले जनाएको छ ।

udhami2-copy

महिला उद्यमीहरुलाई उद्यमशिलतातर्फ आकर्षण गर्न मेला आयोजना गरिएको अध्यक्ष सविता राईले बताइन् । उनले मेलाको सम्पुर्ण तयारी पुरा भएको बताइन् । मेलामा उद्यमीहरुको उत्पादनको प्रर्दशन तथा बिक्री वितरणसँगै चेतनामूलक नाटक मञ्चन, साहित्यिक कार्यक्रम, बालबालिकाको फेसन शो, स्वास्थ्य परिक्षण र साँस्कृतिक कार्यक्रम समेत हुने उनले बताइन् । ‘महिलाहरुको पर्व तिजलाई खर्चिलो र भड्किलोरुपमा होइन, सन्देशमुलक र उपलब्धीमुलक बनाउनुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको हो, सम्पुर्ण तयारी पुरा भएको छ,’उनले भनिन् ।

उद्यमी मेलामा हस्तकलाका सामानहरु, ढाकाका कपडा एवं तयारी पोशाक, अल्लोका कपडा, जुत्ता चप्पल, कासका सामग्रीहरु, हाते झोलाहरु, अर्गानिक तरकारी तथा नेपाली खाजाका परिकारहरुलगायतको ३० वटा स्टल रहने छ । प्रत्येक दिन तीज विशेष नृत्य प्रस्तुती रहने मेलाका संयोजक एवं वरिष्ठ उपाध्यक्ष चेतना सेरेङले जानकारी दिइन् । मेलामा महिला उद्यमीहरुको उत्पादनहरुलाई कसरी बजारीकरण गर्ने भन्ने पिषयमा समेत अन्तरकृया हुने अयोजकले जनाएको छ । मेलामा ईलाम, झापा, मोरङ्ग,धनकुटा, सुनसरी र काठमाण्डौंबाट पनि महिलाहरुको उत्पादनका स्टलहरुको स्टल रहनेछ ।

तस्बिर क्याप्सन: गत बर्ष लगाइएको उद्यमी मेलाको फाइल तस्बिर । र,
यसपालीको उद्यमी मेलाको स्टल निर्माण सम्पन्न भएपछि सामुहिक तस्बिर खिचाइदै ।

udhami-mela 2