धरान: चिल्ला सडक, सडकको दुवैतर्फ पानी निकास दिन बनेको व्यवस्थित ड्रेन । नेपालकै नमुना,व्यवस्थित एवं बस्न लायक आवासिय सहर धरानको परिचय हो यो ।

धरानको सडक र व्यवस्थित ड्रेनको चर्चा देशव्यापी छ । व्यवस्थित ड्रेनकै कारण यहाँ बर्षातमा बाढीको समस्या हुदैन । धरानमा जति नै धेरै पानी परेपनि ड्रेनमार्फत पानीको निकास पाएर बगेर जान्छ । तर, अचेल भने बर्षात हुदा धरानको सडक बेहाल हुन्छ । ड्रेन साँघुरो हुन थालेको छ । ड्रेनमा पानी भरिएर ओभर फ्लो हुन्छ, र सडकभरि पानी बग्छ । एक प्रकारले सडक नै खोलामा परिणत हुन्छ ।

IMG_0475

यसो हुनुको कारण धरानमा पक्की घरको संख्या अत्यधिक बढ्नु भएको जानकारहरु बताउँछन् । पक्की घर भएपछि बर्षातको पानी जमिनमा सिधै पुग्न पाउदैन । पक्की घरबाट बर्षातको पानी निकास भएर ड्रेनमा पुग्छ, र ड्रेनको क्षमताभन्दा बढी भएपछि ओभर फ्लो हुन्छ । जस्तो कि आज बुधबार दिउँसो करिब एक बजे भएको बर्षातको तस्बिर नै हेरौं न । यहाँ राखिएका तस्बिरहरु बुधबार दिउँसो बर्षा भएको बेला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाने सडक(धनकुटे रोड)मा खिचिएको हो ।

IMG_0479 IMG_0485 IMG_0494 IMG_0499