धरान: महिलाहरुको चाड तिजलाई सृर्जनात्मकरुपमा मनाउने र उद्यमशील महिलाहरुको उत्पादनलाई प्रर्वद्धन गर्ने उद्देश्यले बिहिबारदेखि धरानमा तिज बिशेष महिला उद्यमी बजार प्रर्वद्धन तथा प्रर्दशनी मेला शुरु भएको छ ।

महिला सञ्जाल धरानले आयोजना गरेको उद्यमी मेलाको उद्घाटन १ नंम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए । धरान १२, छाताचोकस्थित जि.एस.मार्केट अगाडिको खाली जग्गामा आयोजित मेलामा शनिबारसम्म सञ्चालन हुनेछ । मेलामा धरानसँगै इटहरी, धनकुटा, इलाम, झापा, विराटनगरलगायतका स्थानबाट महिला उद्यमीहरुले उत्पादन गरेको खाद्यान्न तथा हस्तकलाका सामग्रीहरु बिक्रीमा राखिएको छ । मेलामा धरानको वसन्तटारमा उत्पादन भएको अर्गानिक तरकारीदेखि अल्लोका कपडा, क्रिष्टलका गरगहनाहरु, ढाकाको कपडा तथा जुत्ताका सामग्रीहरु, कासका सामग्री, नर्सरी, हाते झोलाहरु, अर्गानिक तरकारी तथा नेपाली खाजा लगायतको ३० वटा स्टल राखिएका छन् ।

udhami-mela10

कार्यक्रमकी संयोजक तथा सञ्जालकी वरिष्ठ उपाध्यक्ष चेतना सेरेङले महिलाहरु चुला चौकामा मात्र सिमित नभै उद्यमशील पनि छन् भन्ने सन्देश दिन उद्यमी मेला आयोजना गरिएको बताइन् । सञ्जालकी अध्यक्ष सविता राईले महिला हकहित र अधिकारबारे वकालत गर्दै आइरहेको सञ्जालले अब महिलाहरुलाई आर्थिकरुपमा पनि सशक्तीकरण गर्न आवश्यक भएकोले उद्यमशील बन्न प्रेरणा दिनकोलागि मेला आयोजना गरिएको बताइन् । सञ्जालले गत बर्षदेखि महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न र उनीहरुको उत्पादनलाई बजारीकरण गर्न उद्यमी मेलाको आयोजना गर्दै आएको छ ।

udhami-mela8

उद्यमी मेलाको उद्घाटन समारोहलाई सभामुख भण्डारीसँगै प्रदेश सभा सदस्य उमिता बराइली, नेकपा धरान उपमहानगर कमिटीका अध्यक्ष नारायण सुवेदी, कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङ, सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा तिज नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो भने रंगभुमी एकेडेमीले नाटक पनि मञ्चन गरेको थियो ।

udhami-mela1 1 udhami-mela3 udhami-mela2 udhami-mela 3 udhami-mela4 udhami-mela5 udhami-mela6 udhami-mela7 udhami-mela9