जनकपुर : प्रदेश २ सरकारले भदौ ६ गते शुक्रबार परेको कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देश जारी गर्दै बिहीबार कृष्ण जन्माष्टमी पर्व हर्सोल्लासपूर्वक मनाउन प्रदेश २ मा सार्वजनिक बिदासमेत घोषणा गरेको जानकारी गराएको छ ।