ओखलढुंगा : ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

कुन तहको खाना खर्च कति ?

मानेभन्ज्याङ : २० लाख १४ हजार
खिजीदेम्बा    : १९ लाख १९ हजार
सिद्धिचरण    : १८ लाख ६९ हजार
चम्पादेवी      : ११ लाख ३४ हजार
सुनकोशी      : ६ लाख ८१ हजार
चिसंखुगढी    : ३ लाख ६७ हजार
जम्मा ७९ लाख ८५ हजार

यस्ता फजुल खर्च नियन्त्रण गर्न नागरिक समाजले माग गरेका छन् । अन्नपूर्ण पोस्ट् दैनिकबाट