पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका–२ कावेलीबाट लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित २ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

बिहिवार दिउँसो १ बजेको समयमा ताप्लेजुङको हप्पुखोलाबाट सदरमुकाम तर्फ जाँदै गरेको मे १ ज २३२४ नम्बरको गाडीमा सवार रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका–२ का धन बिक्रम लिम्बुको साथबाट ६०० ग्राम खपटा र बिक्रम लिम्बुको साथबाट ६०० ग्राम खपटा बरामद भएको थियो । सालकको खपटा सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखि थप अनुसन्धान भईरहेको पाँचथर प्रहरीले जनाएको छ ।