धरान: ‘वन्यजन्तुको आहारा, बोटविरुवा नै सहारा’ भन्ने नाराको साथ हराइजन क्लब धरान–१७ ले वृक्षारोपण गरेको छ ।

क्बलले हरियाली सामुदायिक वन उपभोक्ता समूह, धरान–१९ को वनक्षेत्रमा वृक्षारोपण गरेको हो । उक्त वनमा दुई प्रजातिको १९ विरुवा रोपेको क्लबले जानकारी दिएको छ । क्लबका अध्यक्ष बसन्त राईकाअनुसार फलजन्य विरुवा जमुना १५ र मलेसियन समीको विरुवा ५ वटा रोपिएको छ । जङ्गलमा चराहरुलाई आमन्त्रण गर्न उक्त फलजन्य विरुवा रोपेको उनले बताए ।

क्लबको उक्त कार्यक्रममा हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामकुमार राईको पनि उपस्थिति रहेको थियो । हरियाली सामुदायिक वनलाई विरुवा रोप्न छनौट गरेकोमा खुशी व्यक्त गर्दै समितिका अध्यक्ष राईले फलजन्य विरुवाले जङ्गलमा हरियालीसँगै चराहरुको उपस्थिति पनि बढ्ने अपेक्षा व्यक्त गरे । कार्यक्रममा क्लबका संरक्षक श्रीभक्त राई, सल्लाहकार जनकऋषि राईलगायतको उपस्थिति रहेको थियो । विशेषगरी बास्केटबल खेलमा ख्याती कमाएको हराइजन क्लबले अघिल्ल पटक धरान–१७ को उदय सामुदायिक वनमा विरुवा रोपेको थियो ।

horizon1