धरान: सहकारीमा कार्यरत बजार प्रतिनिधीहरुलाई धरानस्थित पराग बचत तथा ऋण सहकारी संस्थाले क्षमता अभिवृद्धिका लागि सहकारी शिक्षा प्रदान गरेको छ ।

सहकारी शिक्षाको बारेमा जानकारी नहुँदा बजार प्रतिनिधीहरुले विभिन्न समस्या भोग्दै आउनु परेको छ । बजार बिस्तार गर्न पुग्दा सदस्यहरुले सहकारीको विषयमा गरेको जिज्ञासालाई उत्तर दिन नसक्दा बजार बिस्तार गर्न नै समस्या रहेको थियो । बजार प्रतिनिधीहरुले भोग्दै आएका समस्याहरुलाई समाधान गर्न परागले आफ्ना बजार प्रतिनिधीहरु सहित कर्मचारी, संचालक समितीका पदाधिकारीहरुलाई सहकारी शिक्षा दिएको हो ।

शनिबार आयोजित १ दिने सहकारी शिक्षा कार्यक्रमको उदघाटन जिल्ला सहकारी संघ सुनसरीका उपाध्यक्ष तथा धरान नगर सहकारी समन्वय समितीका संयोजक नरेश ईवारमले गरेका थिए । उनले सहकारी संचालनमा बजार प्रतिनिधीहरुको भुमिका महत्वपुर्ण रहेकाले परागले गरेको कामलाई प्रशंसा गरे । सहकारीका संघहरुले आयोजना गरेका सहकारी शिक्षामा मात्रै पठाउने गरेका सहकारीहरुका लागि पराग नमुना बनेको उनको भनाई छ । परागले सुचना, शिक्षा अन्र्तगतको कार्ययोजना अनुसार सहकारी शिक्षा तालिमको आयोजना गरेको हो ।

कार्यक्रममा सहकारी विज्ञ चन्द्र सुवेदी र रोशन ढकालले सहजीकरण गरेका थिए । सहजकर्ताद्वयले सहकारीको निति तथा ऐन, वित्तिय कारोबार, सहकारीका सिद्धान्तका विषयमा जानकारी गराएका थिए । परागका अध्यक्ष रुपक कुमार श्रेष्ठको सभापतित्वमा भएको तालिमको संचालन लेखा समिती संयोजक थिर कुमार श्रेष्ठले गरेका थिए ।