झापा : नेपाल सरकारले चिनियाँ निर्माण टोलीको प्राविधिक सहयोगमा झापाका ९ वटा नदिमा ग्रीन बेल्ट सहितको बाँध निर्माण गर्ने चर्चा पुनः ब्यूतिएको छ । चिनीयाँ निर्माण टोली झापाका नदिहरुको स्थलगत अवलोकनका लागि पटक–पटक झापा समेत आएका छन् । तर उनीहरुले काम कहिले गर्ने हुन् त्यो भने कुनै टुङ्गो छैन । तर दमकमा भने स्थानीय सरकार र जनताको तटबन्ध मार्फत काम सुरु भएको छ ।
पूर्व पश्चिम राजमार्ग स्थित रतुवा खोलाको पुल भएको ठाउँ दक्षिण तर्फ ग्रीन बेल्ट सहितको बाँध निर्माण गरिएको छ । जसले गर्दा यहाँ स्थाई तटबन्ध साथै हरित पेटिका समेत बन्न थालेको छ ।

बाँधको दाया बाँया विभिन्न बिरुवाहरु रोपीएको छ । फूलहरु फुलाउने क्रम सुरु भएको छ भने ठाउँ ठाउँमा आरा मगर्नका लागि आल्मुनियमका फलैँचा समेत निर्माण गरिएको छ । हरित नगर समृद्ध नगरको अभियान अन्तर्गत पनि यो काम गरिएको दमक ८ का वडाध्यक्ष पशुपती गौतमले बताए ।
दमक ८ स्थित रतुवा खोलाको डीलमा बस्ने ५ वटा फलैँचा राखीएको छ । अगाडी खोला रहेकोले शितल हावा र हरियाली वातावरणसँगै रतुवा पुलमा गुडेका सवारी साधनको दृश्य देख्दा यस क्षेत्रमा आएर बस्ने जो कोहिलाई पनि आनन्द हुन स्थानीय प्रेम प्रसाद मैनाली सुनाउछन् । दमकमा हरियाली सकिदै गयो । त्यसमा पनि सडकमै जोडीएका ठाउँ उच्च अतिक्रमणमा पनि रहेका छन् । चाहे त्यस्ता ठाउँ नदिले कटान गरेर बिलिन भएका हुन या त मानव बस्ति बसेर तर दमकमा हरियाली सहितको खुल्ला स्थान छैन । मैनालीले भने ‘रतुवा खोलामा लगाइएको बाँध माथी नै बृक्षारोपण , फुलको बगैचा अनि आराम गर्ने फलैँचा भएपनि स्वच्छ हावा लिन किन टाढा जानु पर्यो ।’

जील्लामै पहिलो पटक ग्रीन बेल्टको अवधारणा अनुसार यो कामको थालनी गरिएको नगरपालिकाको दावी छ । नगरपालिकाले गत विश्व वितावरण दिवसको अवसरमा करिव ५० हजार रुपैँया बराबरको बिरुवा रोपेर यो कामको थालनी गरेको जनाएको छ । वडाध्यक्ष गौतम भन्छन् ‘यो अवधारणा प्रधानमन्त्री केपी शर्मा ओलीको हो हामीले उहाँको सपना साकार गर्नका साथै नगरको सौन्दर्य बढाउन पनि यो कामको सुरुवात गरेका हौ ।’
स्थानीय याम प्रसाद चौलागाईको घर रतुवा खोलाको किनारैमा छ । रतुवामा बनेको तटबन्धको ढिस्कोनै उनको घरको आँगन हो । यो ठाउँमा ग्रीन बेल्ट सहितको बाँध निर्मांण भएपछि अव देखी रतुवाको बाढि र डुवानमा पर्नु नपर्ने उनको बिस्वास छ । साथै ग्रीन बेल्टको कामले यहाँ आन्तरिक पर्यटनको समेत बिकास गराउने भएकोले स्थानीय स्तरमा रोजगारको अवसर सिर्जना हुन सक्ने समेत उनले आशा गरेका छन् ।
वडाध्यक्ष गौतमले रतुवालाई अलिक पूर्व तिर बग्ने बनाउन सकेमा त्यहाँबाट निस्कने खाली ठाउँमा खेल मैदान , अन्य पार्क हरुको समेत योजना बनाइएको बताए । ‘बिदेशमा समुन्द्रलाई बाँधेर जसरी पर्यटकिय र घुम्न लायक ठाउँ बनाउँछन् हो त्यसै गरि हामी पनि रतुवामा त्यस्तै बनाउने योजनामा छौ । ’ गौतमले भने त्यसका लागी केहि समय लाग्ला तर कामको सुरुवात भएको छ । नगरको र वडाको मात्र बजेटले यो कामको सम्भव नभएकोले प्रदेश र केन्द्रीय सरकारसँग यो कामका लागि बजेट माग गर्ने काम गरिने उनले बताए ।
‘केहि समयमा प्रधानमन्त्री केपी शर्मा ओली दमकको नेकपा पार्टि कार्यालयको समुद्धघाटन गर्न दमक आउँदै हुनुहुन्छ त्यसै बेला यो कामको योजना पेश गर्ने योजनामा छौ । ’ गौतमले भने । ‘अहिले सुरुमा ५ सय मिटरमा ग्रीन बेल्ट सुरु गरेका छौ । यसै आर्थीक वर्षमा वडाको बजेटले सके सम्म काम अगाडी बढाँउछौ । वडाको सिमाता सम्म रतुवा करिव ३ किलोमिटर दक्षीण सम्म पर्ने भएकोले हामी यो कामलाई सम्पन्न नभए सम्म निरन्तारता पनि दिईनै रहने छौ । उनले बताए । ’

2 2

अहिले दमक नगरपालिका, वडा कार्यलय र जनताको तटबन्ध कार्यक्रम अन्र्तगत ८ लाख रुपैया लागतका यहाँ ग्रीन बेल्ट बनाउने कामको सुरुवात भएको वडा नं ८ का वडासचिव निधीनारायण ढुङ्गेलले बताए ।