धरान : महिला सञ्जाल धरानले आयोजना गरेको तीन दिने महिला उद्यमी बजार प्रर्वद्धन तथा प्रदर्शनी मेला शनिबार सकिएको छ ।

मेला समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश नं १ की उपसभामुख सरस्वती पोखरेलले महिलाहरु उत्पादनसँग जोडिन आवश्यक भएको बताइन् । महिालहरु आफै उद्यमी र आत्मनिर्भर हुनु अहिलेको पहिलो आवश्यकता भएको पोखरेलको भनाई थियोे । महिलाहरु उद्यमी बनेर आत्मनिर्भर भए मात्र नेपाल समृद्ध हुने उनले बताइन् । नेपालका महिलाहरु आर्थिक, सामाजिक, राजनीतिकरुपमा अघि नबढेसम्म मुलुक समृद्ध नहुने उनले बताइन् । ‘अहिले महिलाहरुको आवश्यकता उद्यमी बन्ने हो, रोजगारी सृर्जना गर्ने हो, आत्मनिर्भर हुने हो,’पोखरेलले भनिन्,‘महिलाहरु रोजागर हुनुपर्छ, मैले केही गर्नुपर्छ भन्ने भावना हुनुपर्छ ।’
उद्यमी महिलाहरुलाई टिकाउन उनीहरुको उद्यमलाई आधुनिकीकरण गर्न र व्यवसायीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने उपसभामुख पोखरेलले बताइन् । प्रदेश सरकारले नीति तथा कार्यक्रममा यी बिषयलाई समेटेको उल्लेख गर्दै उनले योजना बनाउने काम भइरहेको पनि खुलाइन् । ‘महिलाहरुलाई उत्पादनमा जोड्न नसके समृद्धि आउदैन, अब महिलाहरु नयाँ सोचका साथ अघि बढ्न आवश्यक छ, एकताको साथ हिड्नुपर्छ,’उनले भनिन्,‘तिज मनाउदै गर्दा महिलाहरुको समस्या के हो ? भनेर छलफल गर्ने थलो, योजना बनाउने पर्वकोरुपमा हुनुपर्छ ।’

11 1

सञ्जालकी अध्यक्ष सविता राईले महिला उद्यमीहरुको उत्पादनलाई राष्ट्रियकरण गर्नुपर्ने धारणा राखिन् । साथै उनले राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरको प्रर्दशनीहरुमा पनि स्थानीय उत्पानदलाई प्रर्वद्धन गराउनुपर्ने बताइन् । समारोहमा मेला संयोजक चेतना सेरेङ, सञ्जालका सल्लाहकार सुनिल नेपाल र धरान उपमहानगरपालिकाकी जेसि कोअर्डिनेटर हेमा थलङले पनि मन्तव्य राखेकी थिइन् । बिहिबारदेखि शुरु भएको मेलामा २५ वटा महिला उद्यमीहरुको स्टल रहेको थियो ।

12 2