सुनसरी: सुनसरीको इटहरी हाँसपोसास्थित आमा समूहले तिहारमा देउसी खेलेर संकलन गरेको रकमबाट महिलालाई आत्मनिर्भर वनाउने तालिम दिएको छ ।

लोकतन्त्र र न्यायका लागि आमा समूहले तिहारमा तीन दिन सम्म देउसी खेलेर संकलन गरेको एक लाख पैतालिस हजार रकमवाट तालिम दिइएको लोकतन्त्र र न्यायका लागि आमा समूहकी संस्थापक अध्यक्ष कमला खडकाले जानकारी दिइन् । समुहले १९ दिनसम्म गुडिया, क्रिस्टल र फेव्रिक माला लिएका महिलालाई घरमै ती सामान बनाउने अर्डर आउन थालेको छ । संस्थाको १६ औ साधारणसभाका अवसरमा तालिम लिएका महिलालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

itahri

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आमा समूहले देउसी खेलेर संकलन गरेको रकमवाट ब्यवसायिक तालिम प्रदान गरेको भन्दै प्रशंसा गरे । उनले सीपलाई ब्यवहारमा उतारेर आयआर्जनमा सकृय हुन आग्रह गरे । गाँउ गाँउबाट आत्मनिर्भर बन्न सकेमात्र सम्मृद्धि र विकास सम्भव रहेको प्रमुख चौधरीको भनाई छ । सरकारी प्रयासले मात्र सम्वृद्धि सम्भव नहुने भन्दै उनले सवै पक्ष हातेमालो गरेर अघि वढन जरुरी रहेकोमा जोड दिए ।