धरान: इडेन एकेडेमी कन्सल्टेनसी प्रालि धरानले गरेको लक्की ड्रमा एक जना भाग्यशाली विद्यार्थीले ल्यापटप जितेका छन् ।

आइतबार धरान ८ स्थित गोर्खा डिपाटमेन्ट स्टोरको सभाहलमा सम्पन्न विभिन्न देशका कलेजका प्रतिनिधिहरुको उपस्थितिमा शैक्षिक मेलाको अवसरमा लक्की ड्र गरिएको थियो । सो लक्की ड्रमा इडेनमा अध्ययनरत धरान २ का माया लिम्बुले ल्यापटप जितिन् । उनलाई ईडेनका प्रमुख मोहन तिगेलाले ल्यापटप प्रदान गरेका थिए ।

विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जानुपुर्व आवश्यक शैक्षिक परामर्श दिलाउने उद्देश्यले ईडेनले सुनसरीको धरान र इटहरीमा २ दिने शैक्षिक मेला आयोजना गर्देछ । पहिलो दिन आइतबार धरानमा मेला आयोजना गरेको हो भने दोस्रो दिन सोमबार इटहरीमा हुने ईडेन प्रमुख तिगेलाले जानकारी दिए । शैक्षिक मेलामा अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानाडा, अमेरिका र भारत गरी ५ देशका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । आज धरानमा सम्पन्न भएको मेला भोली सोमबार ईटहरीको दुर्गा पार्टी प्यालेसमा हुनेछ ।

eden1 eden3 eden5