धरान: धरानमा मुख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक र आईएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्स द्वारा प्रर्वधन गरिएको अशोक लेल्याण्डबीच सम्झौता भएको छ ।

एक कार्यक्रमबीच आईतबार बैंक र कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसी प्रसाद वस्तीले हस्ताक्षर गरेका थिए भने आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका थिए । यो सम्झौता भएपछि ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारको सवारीसाधनहरुमा कर्जाको सुविधा पाउनेछन् ।

आईएमई मोटर्सबाट सिफारिस भएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा पाउने बैंकका सिईओ वस्तीले जानकारी दिए । यो सम्झौताले ग्राहकहरुलाई कर्जा पाउन सहजा भएको कम्पनी र बैंक दुवैले जनाएको छ । दुवै कम्पनीबीचमा कर्जाबाहके पनि विविध गतिविधिहरुमा सहकार्य गर्दै अघि बढ्ने समझदारी पनि भएको छ ।