इटहरी : इटहरी जेसीजले सप्ताह ब्यापी कार्यक्रम समापन गरेको छ । हरेक वर्ष हुँदै आएको सप्ताह कार्यक्रम यो वर्ष श्रावण ३१ गते सुरु भएको थियो । इटहरी जेसीजले साताभरी विभिन्न कार्यक्रम गरी आइतबार सप्ताहब्यापी कार्यक्रम समापन गरेको हो ।

सप्ताह कार्यक्रममा फुटसल प्रतियोगिता , साईबर क्राईम दुव्र्यसनी सम्बन्धी सचेतना, स्वास्थ्य शिविर, जेसीज वन उद्धघाटन, स्व. टंक प्रसाद निरौला स्मृती वक्तृत्वकला प्रतियोगिता, मोटिभेशनल कार्यक्रम र सम्मान तथा अन्तरक्रिया समारोह गर्दै कार्यक्रम समापन गरेको अध्यक्ष बिनोद पौडेलले बताए । समापन कार्यक्रममा सञ्चारकर्मी सबिना कार्की, नेतृ रन्जु दर्शना, पुर्व मिस नेपाल सुगारीका केशी र श्रृष्टी बेसी आमन्त्रित रहेका थिए ।