धरान: बिभिन्न समयमा धरानमा चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले धरानमा रातीको समयमा घरबाट मोवाइल, नगद, सुनचाँदीलगायतको सामानहरु चोरी गर्ने २ जना प्रमुख व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । इलाका प्रहरी कार्यालय धरानका अनुसार चोरीको उजुरी परेपछि खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ पर्न सफल भएको हो । डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा धरान १५ का २३ बर्षीय उमेश मगर र २४ बर्षीय बिजय बिक रहेका छन् ।

IMG_4423

प्रहरीले बिजयको कोठाबाट चोरी गरेको केही धनमालहरु पनि वरामद गरेको जनाएको छ । प्रहरीका अनुसार विजयको कोठाबाट केही मोबाइलहरु, पावर बैंक, सुनका गरगहना, खुकुरी, चक्कु समेत बरामद गरेको जनाएको छ । उनीहरुलाई पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान गरिरहेको पनि डिएसपी न्यौपानेले बताए ।

IMG_4436