झापा : दमकको बजारमा यतिबेला नमस्कार गरेर हात बिसाउन पाउँदैनन् ब्यापारीहरु । किनकी यहाँ ब्यापारीहरुकै छाता संगठनको रुपमा रहेको दमक उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ । निर्वाचनले बजार राम्रैसँग तातेको पनि छ । गत आईतबार र सोमबार ब्यापारीका दुई वटा प्यानलले आफ्ना उम्मेद्वार घोषणा गरे । त्यो पनि एकै ठाउँमा ।
आईतबार नेकपा समर्पित प्रगतिशिल ब्यापारी समुहले आफ्ना उम्मेद्वार घोषणा गरे भने सोमबार नेपाली कांग्रेससहित ८ वटा दलहरुको संयूक्त लोकतान्त्रिक समुहबाट उम्मेद्वार घोषणा गरे । प्रगतिशील उम्मेद्वारहरुको तर्फबाट संघको अध्यक्षमा बिमल खतिवडा छन् । लोकतान्त्रिक प्यानलकबाट अध्यक्षमा गोकुल श्रेष्ठ छन् । यस्ता छन् अध्यक्षका उमेद्धारहरु:

साइकलको पम्चर टाल्थे खतिवडा

दमक १ मा नगरपालिका अगाडी साईकल मर्मत गर्ने पसलबाट व्यावसायीक क्षेत्रमा प्रवेश गरेका उनी त्यही ठाउँमा बिभिन्न प्रकारका व्यवसाय गर्दै अहिले यो स्थानसम्म आई पुगेका हुन् । साईकल मर्मतपछि सोही ठाउँमा उनले साईकलको बिक्री केन्द्र समेत सुरु गरे । साईकलका ट्यूवको पम्चर टास्दा टास्दै उनी साकलल नै बेच्न सक्ने भए । पछि सोही ठाउँमा जनता कम्यूनिकेशन खोलेर बिदेशबाट आएको रेमिट्यान्स समेत संकलन गरिदिने काम गरे ।
साईकल व्यवसाय जस्तै उनलाई कम्यूनिकेशनको व्यवसाय समेतले सफलता दिलायो । त्यसताका टेलिफोनको कमी, भूटानी शरर्णाीहरु पूनर्वासमा जान भर्खरै सुरु गरेका कारणले पनि उनको व्यवसाय निकै फस्टाएको थियो । यस अर्थ उनी तत्काल समयको माग के छ बजारले के खोजीरहेको छ भन्ने कुराका अनुभव तत्काल गर्न सक्ने क्षमता बोकेका ब्यक्ति हुन् । कुन व्यवसायले कति समय सम्ममा कति लाभ दिन्छ भन्ने कुराको पहिलै सोच बिचार गरेर लगानी गर्ने उनको क्षमताले नै अहिले दमकमा करोडौंको मालिक बनाएको छ ।
साईकलको पम्चर टाल्ने ब्यक्ति यति चाँडै कसरी करोडौको मालिक बन्न सक्यो ? यो प्रश्न आम व्यवसायीमा उठ्नु कुनै नौलो कुरा होईन । उनी यो प्रश्नलाई सहज रुपमा जवाफ दिन्छन् ः म मेहेनत गर्न लजाउँदिन, मेरो एक दिनको मात्र ब्यापार हैन, इमान्दारका साथ दत्तचित्त भएर लागी पर्छु । उनले दिएका यी कुराले मानिस कसरी सफल हुन सक्छ भन्ने कुरालाई पुष्टि गर्छ ।
यहि व्यवसायको दौडानमा उनले २०६२ सालमा दमक उद्योग वाणिज्य संघको साधारण सदस्यता लिए । २०७० सालको चुनावमा कार्यसमिति सदस्यमा अत्याधिक मतले सदस्यको पद जितेका थिए । उनको इमान्दारिता र व्यावसाय बिचको लगाव त्यसैबेलादेखि दमकका व्यावसायीले मुल्याकंन गर्न थालिसकेको थिए । सदस्य भएपछि ०७३ मा उनले स्वतन्त्र उम्मेद्वारी तर्फबाट बरिष्ठ उपाध्यक्षको पदमा समेत जिते । अहिले उनी बिदेशी कम्पनीले दमकमा फोहोरबाट उर्जा र ग्यास बनाउने कम्पनी स्थापना गरेर त्यसको प्र्रबन्ध निर्देशक भएर बसेका छन् । नेक्ट इरा इनर्जी नामक कम्पनीले दमकबाट संकलित फोहोरबाट उर्जा सँगसँगै बाँयोग्यास समेत बनाउने छ । त्यसैगरी इलेक्ट्रोनिक्स बस्तुहरुको थोक तथा खुद्रा व्यावसाय र खाद्यान्न सामाग्री एकै ठाउँमा खरिद गर्न मिल्ने गरीको मिनि मार्केट समेत सञ्चालन गरिहरका छन् । साथै उनी हुलास ब्राण्डको खाद्यन्न सामाग्रीको मेची अञ्चल डिलर भएर समेत काम गरिरहेका छन् ।
उनी ब्यावसायिक क्षेत्रमा मात्र हैन बिभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध छन् । न्यू जागृती बचत तथा ऋण सहकारी संस्था लि.का उनी अध्यक्ष छन् भने लायन्स क्लव अफ दमक माण्ड एभरेष्टको बोर्ड सदस्य छन् । व्यावसायिकदेखी लिएर सामाजीक संघ संस्थामा समेत प्रभावकारी भूमिका निर्वाह गर्दै आएका उनी अहिले दमक उद्योग वाणीज्य संघको अध्यक्ष जस्तो गरिमामय पदका उम्मेद्वारका रुपमा दमकका ब्यापारीको पसल पसलमा मत माग्दै हिडिरहेका छन् ।
उनी भन्छन् ‘वर्तमान कार्यसमितीले ल्याएका ब्यापारीको हित सम्बन्धि कार्यक्रमहरुलाई निरन्तर्ता दिईने, दमकका ब्यापारीहरुको नाममा निर्माण गरिएको अक्षयाकोषको रकमबाट अव मृत्यू भएपछि मात्र हैन जीवित हुँदै पनि राज्यले जटिल प्रकारका रोग भनेर परिभााषित गरेका रोग लागेमा उपचारका लागि तत्कालनै सहयोग रकम दिने जस्ता कार्यक्रम ल्याइने हुँदा दमकका व्यवसयाीले मत दिने छन् ।’ उनले दमकका व्यवसायी र कर कार्यालय बिच देखिएको दुरीलाई समाधान गरि कर कार्यालय र ब्यापारीको सम्बन्धलाई प्रगाढ बनाउन र सहज वातावरण बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता ब्यक्त गरे ।

हारलाई जितमा बदल्न चाहन्छन् श्रेष्ठ

श्रेष्ठ दमकका यूवा व्यवसायी हुन् । व्यवसायीक क्षेत्रमा संघर्ष र गोकुल पर्यायवाची जस्तै हुन् । २०६३ सालमा दमकमा इटाको सप्लाईबाट व्यावसायको थालनी गरेका उनले त्यही क्रममा औषधी, स्टेशनरी सामान लगायतको समेत सप्लाई गर्ने व्यावसाय गरे । अहिले उनी सुनचाँदीको व्यवसाय, कोल्ड सेन्टरको थोक तथा खुद्रा बिक्रेता हुँदै रेडिमेट कपडा पसल समेत सञ्चालन गरेर बसेका छन् ।
जहाँ ब्यापारीको समस्या त्यहाँ गोकुल श्रेष्ठ । उनलाई अहिले दमकका व्यावसायीले यसरी पनि चिन्न थालेका छन् । दमक उद्योग वाणिज्य संघमा २०६३ सालमा साधारण सदस्य लिएका उनी २०६७ सालको कार्य समितिमा सदस्य पदमा बिजयी हासिल भए । त्यसपछि लगातार दमकका उद्यमी व्यावसायीको हकहित , साथ र सहयोगमा लागि परेर काम गरिरहेका उनले २०७०–०७३ को कार्यसमितीमा प्रथम उपाध्यक्षमा यहाँका व्यावसायीले बिजयी गराए । २०७३ को कार्यसमितीका लागि पनि उनले अध्यक्ष पदमा उम्मेद्वार दिएका थिए । तर झिनो मतान्तरले राजेन्द्र ढकालसंग उनले पराजय भोग्नुपर्यो । तर त्यो पराजयलाई यो वर्ष भने उनी बिजयको रुपमा परिवर्तन गर्न चाहन्छन् र उनीले यो वर्षका लागि पूःन अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
उनी व्यावसायीलाई व्यवसायिक संस्थामा बसेर मात्र हैन अन्य दमकका सामाजिक संघ संस्थामा रहेर पनि बिभिन्न क्षेत्रका सहयोग र गरिरहेका छन् । दमकका व्यावसायीको माझमा उनी घुलमिल भै रहन्छन् । उनी लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पूर्व कोषाध्यक्ष भएर आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरे । रोटरी क्लव अफ दमक, दमक जेसीज, रेडक्रसजस्ता परोपकारी संस्थामा रहेर मानवीय सेवा समेत गरिरहेका छन् ।
उनी व्यावसायीक र सामाजीक संघ संस्थामा मात्र हैन राजनितिक रुपमा पनि उत्तिकै शशक्त भएर लागि परेर काम गर्ने गर्छन् र पार्टीले समेत बिश्वास गरेर उनलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ । नेपाली कांग्रेसमा २०५० सालमा सदस्यता लिएका उनले अहिले पार्टिको भातृ संगठन तरुण दलको क्षेत्रीय अध्यक्ष बनेका छन् । क्षेत्रीय महासमिती सदस्य समेत रहेर आफुलाई राजनितिक रुपमा समेत स्थापित गराई रहेका छन् ।
दमकमा उनलाई अहिले एउटै कुराको चिन्ता छ । त्यो हो दमकमा हरेक दिन कुनै न कुनै पसल बिक्री सम्बन्धीको सुचना आउँछ । किन यसरी दमकमा व्यावसाय टिकिरहेका छैनन् । उनी अहिले यो कुरालाई गहन रुपमा अध्ययन गरिरहेका छन् । दमकमा सुरु गरिएका व्यवसायीले बन्द गर्नुपर्ने अवस्था कसरी भयो भन्ने कुराको खोजीमा छन् । र उनी भन्छन् ‘दमकका व्यवसायीलाई टिकाई राख्नु र उनीहरुको सुरक्षा गर्नु मेरो पहिलो कर्तव्य हुने छ ।’ तपाईलाई दमकका व्यवसायीले किन भोट हाल्ने ? भन्ने हाम्रो प्रश्नमा उनको जवाफ छ ‘ म दमकका व्यवसायीको हकहित र रक्षाका लागि अहोरात्र खटिने छु , हिजो पनि गरे फेरी आज पनि गर्ने छु ।’